५२ वर्ष यताकै उच्च तापक्रम चौबिस घण्टाभित्र ६६ मानिसको मृत्यु


 


एजेन्सी । बिहारमा भीषण गर्मी र लूको कारणले शनिवार ६६ मानिसको मृत्यु भएको छ ।

मृतकमध्ये औरङ्गाबाद सहरमा सबैभन्दा बढी ३०, गयामा २५ र प्रदेश राजधानी पटनामा तीन जना छन् ।

लूबाट प्रभावित कयैन विरामी शरीरमा पोलेको लक्षण लिएर अस्पताल पुगेको थिए । प्रदेशका विभिन्न अस्पतालमा अझै पनि १ सय विरामीको उपचार भइरहेको जानकारी छ । सरकारले अस्पताललाई हाई अलर्टमा राखेको छ ।

केन्द्रीय स्वास्थ मन्त्री डा. हर्षवर्धन गर्मीमा कमी नआएसम्म घरबाट बाहिर ननिस्कन सल्लाह दिएका छन् ।

बिरामीमा १०८ डिग्रीसम्मको ज्वरो

डाक्टरका अनुसार ‘लू’ बाट प्रभावितहरुमा भाइरल ज्वरो आएको थियो । मर्ने मध्य अधिकाशं विरामीमा १०२ देखि १०८ डिग्री फरेनहाइट ज्वरो थियो ।

१०८ ज्वरो अत्यन्त खतरनाक अवस्था हो । त्यति ज्वरोको साथ अस्पताल आएका विरामी केही मिनेटमै मरेका थिए ।

दिउँसो २ देखि ५ बजे बीच सबैभन्दा बढी मृत्यु

विरामीका उपचारमा संलग्न डाक्टर भी के प्रसादले उपचारको दौरान आफ्नो अस्पतालमा १५ मानिसको मृत्यु भएको बताए ।

विरामीलाई कडा ज्वारो, वान्ता आउने, टाउको दुख्ने, ज्यान दुख्नेजस्ता समस्यासहित आएका थिए ।

डा. प्रसादका अनुसार अधिकांश मृत्यु दिउँसो २ देखि ५ बजेबीच भयो ।

५२ वर्ष यताकै उच्च तापक्रम

शनिबार बिहारको तापक्रम अत्यधिक बढी थियो । यस कारण पनि लूको तीव्रता बढी छ ।

शनिवार पटनाको अधिकतम तापक्रम ४५.८ डिग्री थियो । यो तापमान सामान्यभन्दा ९ डिग्री बढी हो ।

सो दिन न्यूनतम तापक्रम पनि सामान्यभन्दा ४ डिग्री बढी रह्यो । पछिल्लो ४८ घण्टामा अधिकतम तापमानमा अधिकतम तापक्रममा ४.४ डिग्रीको वृद्धि देखियो ।

यो स्तरमा पटनाको अधिकतम तापक्रम दर्ता भएको सबैभन्दा उच्च तापक्रमलाई पनि उछिन्ने मार्गमा रहेको अनुमान गरिएको छ । पटनामा सन् १९६६ जुन ९ मा अहिलेसम्मकै उच्च ४६.६ डिग्री तापक्रम मापन गरिएको थियो ।

मृतक परिवारलाई ४ लाख सहयोग

विहारका मुख्यमन्त्री नीतिश कुमारले औरङ्गाबाद, गया र नवदामा भीषण गर्मी र लूको कारण मृत्यु भएका प्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई ४–४ लाख भारु मुआव्जा दिने बाचा गरेका छन् ।

प्रकाशित मिति: २ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्