इटहरीका मेयर द्धारिकलाल चौधरीले दिए पत्रकार महासंघलाई ३० धुर जग्गा


 


इटहरी । इटहरी उपमहानगरपालिकाले पत्रकार महासंघ सुनसरीलाई भवन बनाउँन जग्गा हस्तान्त्रण गरेको छ । मङगलबार बसेको कार्यपालिकाको बैठकले इटहरीमा ५ मा रहेको करिब ३० धुर जग्गा पत्रकार महासंघ सुनसरीलाई दिने निर्णय गरेको हो ।

सुनसरीको धरान ,इनरुवा लगायतका शहरमा महासंघको भवन बने पनि इटहरीमा पत्रकार महासंघको जग्गा समेत नभएको भन्दै इटहरी उपमहानगरपालिकाले महासंघलाई जग्गा दिएको हो । जग्गा दिने निर्णय सार्वजनिक गदै इटहरीको मेयर द्धारिकलाल चौधरीले पत्रकारहरुको बृद्धिविकासमा सधै लाग्ने प्रतिवद्धता समेत जनाए ।

पत्रकार महासंघको भवन बनाउँन उपयुक्त हुने भन्दै जग्गा दिएको हो । प्रदेश १ कै केन्द्रमा रहेको इटहरीलाई जग्गा सँगै भवन बनाउँन समेत आवश्यक सहयोग गर्ने मेयर चौधरीले प्रतिबद्धता जनाएका हुन । पत्रकाहरुको हकहितको लागि सदैब सकरात्मक रहेको उनको भनाई थियो ।

इटहरीका उपमेयर लक्ष्मी गौतमले इटहरीको विकासमा पत्रकारहरुको भुमिका अहम रहेको बताईन । इटहरीको भवनलाई पत्रकार महासंघ प्रदेशकै कार्यलय राख्न आग्रह समेत गरिन । पत्रकार महासंघको कार्यलय इटहरीमा हुनु आवश्यक भएको बताईन ।

यता पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले जग्गा प्राप्त भए सँगै जाडै भवन निमार्णको काम सुरु गर्ने बताए । खड्काले भने इटहरीमा कार्यलय राख्न आवश्यक थियो हामी चाडै काम सुरु गछौ । केहि समय पछि नै भवन निमार्णको कामले प्रथामिकता पाउने खड्काको भनाई थियो ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्