पाँचथरमा लघुवित्तकी कर्मचारीको हत्या


 


पाँचथर, असार ३

पाँचथरको हिलिहाङ गाँउपालिका वडा नं. ६ सिटे भन्ने स्थानमा लघुवित्तकी एक कर्मचारीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । एन.एम.बी. माइक्रोफाइनान्सको हिलिहाङ–३ गोपेटार स्थित शाखामा कार्यरत इलाम घर भएकी अन्दाजी २० वर्षीया सुजाता तामाङको शव खुकुरी प्रहार गरी हत्या भएको अवस्थामा आज साँझ ६ शव बजे फेला परेको हो ।

घटनास्थलमा रहेका जोरपोखरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्ण भट्टराईले हत्या भएको अवस्थामा तामाङको शव फेला परेको जानकारी दिनुभयो । घटनाबारे अनुसन्धानका लागि प्रहरी निरीक्षक अनिलकुमार पौडेल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।

अनुसन्धानपछि हत्याबारे थप कुरा भन्न सकिने प्रहरी निरीक्षक पौडेलले वताउनुभयो । घटनास्थलमा रहेका स्थानीयवासी कृष्ण मैनालीका अनुसार जंगलको वीचमा रहेको बाटोमा घाँटीमा धारिलो हतियार प्रहार भएको अवस्थामा तामाङको शव फेला परेको हो ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्