विवाह भएको हप्ता दिनमै डिभोर्स गरेर केटी पक्षबाट सम्पती माग्दै धम्की


 


काठमाडौं । बागलुङ हरिचौरस्थित काशीराम गौतम हिजोआज कहिले गृह मन्त्रालय, कहिले काठमाडौं जिल्ला अदालत त कहिले पुल्चोकस्थित उच्च अदालतमा भेटिन्छन्। बुहारीको माइती पक्षले दिनुसम्म दुःख दिएपछि उनी सुरक्षा र न्याय माग्दै काठमाडौं आइपुगेका हुन्।

५/६ वर्षअघि उनका छोरासँग नाटकीय रूपमा बिहे गरेकी सुस्मिता पौडेलका माइती पक्षले अहिले धम्की दिँदै धनसम्पत्ति माग्न थालेको उनी बताउँछन्। ‘लामो समय विदेश बसियो, यहाँको समाजसँग त्यति घुलमिल हुन पाइएन, छोराको बिहेको कुरा अघि बढ्यो। आफन्तबाटै अघि बढ्यो,’ काशीरामले भने, ‘तर सम्पत्तिको प्रलोभनमा केटी पक्षले नाटकीय बिहे गराएको रहेछ, बिहेको सातरआठ दिनमै केटी पक्षबाट डिभोर्स गर्ने निर्णय भयो, त्यसपछि पैसाको बार्गेनिङ थालियो।’

उनका अनुसार सम्पत्तिको प्रलोभनमा परेर बेहुलाका केही आफन्त र बेहुली पक्षकाले केटीलाई फकाएर ‘नाटकीय रूपमा’ बिेह गर्न लगाएका रहेछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्