प्रकाश सपुतविरुद्ध शम्भु राईले दिए उजुरी


 


काठमाण्डौँ, असार ७

पछिल्लो समय नेपाली सांगेतिक क्षेत्रमा चर्चित बनेको बिषय हो वरिष्ठ गायक शम्भु राई र लोकप्रिय गायक प्रकाश सपुतबीचको विवाद । प्रकाश सपुतको गीत गलबन्दी चर्चित बनेसंगै बिवादमा पनि आयो ।

केहीले गीत शम्भु राईको आउ नाचौँ संगी हो गीतसंग मेल खाएको भने त कतिले मिल्दैन भने । यस मुद्धाले सामाजिक सञ्जाल समेत निकै तात्यो । दर्शक तथा श्रोताहरु नै बाँझिए । सुरुपमा खासै नतातेको यो विवाद अहिले आएर भने झनै उग्र बनिरहेको छ । शम्भुले गलबन्दीमा आफनो लय मिलेको बताईरहेका छन् भने प्रकाश सपुतले सुन्दा उस्तै लागेपनि कपी नभएको दाबी गरिरहेका छन् । तर शम्भु यस कुरालाई मान्न तयार छैनन् ।

उनले प्रकाश सपुतले कपी गरेको अहिलेसम्म नभनेको तर संयोगवस मिलेको भए पनि वास्तविक सर्जगलाई मार्न नहुने बताउदै आएका छन् । त्यसो भए प्रकाश सपुतबाट उनी के चाहान्छन् त रु शम्भुको भनाई अनुसार उनको माग प्रकाशबाट पैसा असुल्ने हुदै होईन की त नाम आउनु प¥यो की त जहाँ जहाँ लय मिलेको छ उक्त भाग हटाउनु प¥यो । यता प्रकाशले केही दिन अघि शम्भुको नाममा खुला पत्र लेख्दै आफनो गीतमा शम्भुको नाम राख्नै नसक्ने बताएका छन् । विवाद नथामिएपछि शम्भुले प्रकाश सपुतविरुद्ध उजुरी दर्ता गरेका छन् ।

उनले प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा उजुरी दिएको बताएका छन् । प्रकाशको पत्रपछि झनै चित्त नबुझाएका उनले उजुरी दर्ता गरेका हुन् । उनले निवेदन दिईसकेका छन् अब उक्त कार्यालयले उक्त सम्बन्धित निकायमा पु¥याईदिनेछ । अब उनीहरुको विवाद व्यक्तिगत र सांगठनिकरुपमा मात्र नभई प्रशासनिकरुपमा नै अगाडी बढ्ने भएको छ । उनले आफनो माग पुरा नभएपछि कानुनीरुपमा नै अगाडी बढ्न बाध्य भएको उनको भनाई छ । अब कानुनीरुपमा अगाडी जाँदा जे निर्णय हुन्छ आफुले स्वीकार्य तयार रहेको उनी बताउँछन् ।

प्रकाशित मिति: ७ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्