एन्ड्रोइडमा पोर्न सामाग्री हेर्नु यसरी हुन्छ खतरनाक


 


गुगल प्ले स्टोरमा पोर्न कन्टेन्ट पस्किने एपहरु असंख्य छन् । यसका अलावा इन्टरनेटमा पनि यस्ता लाखौँ पोर्न वेबसाइट छन् ।

पोर्न सामाग्रीहरु हेर्नु भनेको निकै गोप्य तथा निजि मामिला हो र स्मार्टफोनको प्रयोगसँगै पोर्न सामाग्रीका दर्शकको संख्या ह्वात्तै बढेको छ । अनलाइनमार्फत स्मार्टफोनमा पोर्न सामाग्री हेर्ने मामिलामा एन्ड्रोइड फोन प्रयोगकर्ताहरु अगाडि छन् ।

तर उनीहरु यसरी पोर्न सामाग्री हेर्दा आफ्नो गोपनीयताका साथै पैसा समेत जोखिममा पर्ने तथ्यबाट अनभिज्ञ हुन्छन् । विज्ञहरुका अनुसार एन्ड्रोइड फोनबाट पोर्न सामाग्री हेर्नु असुरक्षित तथा खतरनाक हुनसक्छ । आखिर किन हेर्नुहुँदैन त एन्ड्रोइड फोनबाट अनलाइन पोर्न ?

एन्ड्रोइडको एनक्रिप्सन आइओएसको तुलनामा निकै कमजोर छ । आइओएसको तुलनामा एन्ड्रोइड स्मार्टफोनको पर्सनल डिटेल, बैंकिंग डिटेल तथा अन्य सूचनाहरु ह्याक हुने खतरा बढि हुन्छ ।

एक रिपोर्ट अनुसार एन्ड्रोइड स्मार्टफोनमा पोर्न हेर्ने मानिसहरुको अनुपात निकै बढि पाइउको छ । एन्ड्रोइड प्रयोगकर्तामध्ये ४९.९ प्रतिशतले मोबाइलमै पोर्न हेर्ने गरेका छन् ।

जबकी एप्पलको आइओएसमा यो अनुपात ४०.२ प्रतिशत देखिएको छ । विन्डोजमा ६ प्रतिशत र ब्लाकबेरीमा १.४ प्रतिशत मात्र रहेको छ ।

एन्ड्रोइड स्मार्टफोनमा प्रयोगकर्ताका विभिन्न जानकारीहरु सेभ भएका हुन्छन् । त्यसैले फोनमा पोर्न साइट भिजिट गर्नु निकै खतरनाक हुन्छ, गोपनीयताको दृष्टिले ।

एन्ड्रोइड स्मार्टफोनमा पोर्न टिकर्सको समस्या निकै पूरानो हो । यो एन्ड्रोइड एपकै रुपमा देखा पर्दछ । त्झउभ च्गल, ज्बथ म्बथ जस्ता एपहरुलाई सोँच विचार नगरीकन स्मार्टफोनमा डाउनलोड गर्नुभयो भने त्यसबाट फोनमा भाइरसको आक्रमण हुन्छ ।

इन्टरनेटमा निशुल्क भन्ने केही हुँदैन । तपाइँले केही त तिर्नुनै पर्नेहुन्छ । कि त नगद वा डाटाको रुपमा । केही मालवेयर यस्ता हुन्छन् जो एन्ड्रोइड डिभाइसलाई लक गरिदिन्छन् र अनलक गर्दाखेरी प्रयोगकर्तासँग पैसा माग्दछन् ।

यस्ता मालवेयरलाई र्यानसमवेयर पनि भनिन्छ । यो निकै खतरनाक हुन्छ । र्यानसमवेयरको आक्रमण हुनासाथ फोनका पूरा डाटाहरु ह्याकरको हातमा पुग्दछन् । ह्याकरले पैसा लिइसकेपछि पनि तपाइँको फोन अनलक गरिदिन्छ भन्ने ग्यारेन्टी हुँदैन ।

प्रकाशित मिति: २२ बैशाख २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्