महिलाले गलामा लगाएको सुनको सिक्री लुटियो


 


सुनसरी, धरान उप महानगरपालिका – १३ जानकि चोक भृकुटिमार्गमा मर्निङवाक गर्दै गरेकी महिलाको गलामा लगाएको सुनको सिक्री लुटिएको छ । आज बिहान करिव ५ बजे बाटोमा धरान –१६ गणतन्त्र चौक नजिकै घर भएकी मङ्सीमाया राईको गलाबाट चौक नजिकै हिडिरहेको बेला एक तोलाको सुनको सिक्री लुटिएको छ ।

घटनास्थल नजिकै धारामा पानी थाप्दै गरेका मानिसहरूका अनुसार घटना पछि देखीएको कालो रातो रङको अल्फाबेट नखुलेको ५७४७ नम्बरको अपाचि मोटरसाइकलमा तीनजनाको समुहले एक्लै हिडिरहेकी राईको गलामा रहेको सिक्री थुतेर धरान १६ तर्फ भागेको जानकारी दिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

लुटेराको खोजिकार्य भइरहेको इलाका प्रहरी कार्यलय धरानका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: ७ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्