प्रदेश सरकारले भोजपुरका लागि कुन शिर्षकमा कति बजेट छुट्यायो ? (हेर्नुहोस् सूची)


 


भोजपुर, असार ८
प्रदेश नं १ को सरकारले असार १ गते आर्थिक बर्ष २०७६/०७७ को लागि ४२ अर्ब २० करोड ४ लाख १२ हजारको बजेट संसदमा प्रस्तुत गर्याे । १४ वटा जिल्ला रहेको प्रदेश १ मा गत बर्ष भन्दा करिब ६ अर्ब बढीको बजेट आएको छ । बजेटमा कृषिलाई पहिलो प्राथमिकता दिएको प्रदेश १ सरकारले भौतिक पूर्वाधार र पर्यटन पूर्वाधारलाई पनि उत्तिकै महत्व दिएको छ । प्रदेश नं १ सरकारको प्रमुख अर्थात मुख्यमन्त्री भोजपुरका शेरधन राई छन् ।

विकासका दृष्टिले पछाडी रहेको आफ्नो गृह जिल्ला भोजपुरका लागि मुख्यमन्त्री राईले कहाँ कति र कुन शिर्षकमा बजेट छुट्याए । यहाँ लेखाजोखा गरिएको छ । बजेटबाट भोजपुरमा पूर्वाधार विकासका लागि बढी रकम विनियोजन भएको छ । सडक, पक्कि पुल, खेलमैदान, झोलुंगे पुल, भ्यू टावर, खानेपानी, सिचाँइ लगायतका क्षेत्रमा उल्लेख्य बजेट विनियोजन भएको छ ।

सडकतर्फ

१. भोजपुर एयरपोर्ट सडक ५ करोड
२. भोजपुर टक्सार मानेभन्ज्यांग बैकुण्ठे बासिखोरा बालंखा रानीटार सडक ५ करोड ।
३. षडानन्द १२ तुर्के पुल झ्याउपोखरी साङपाङ हुँदै फालिदोबाटो सडक ५ करोड ।
४. सिमलधारा काफलटार आरुस्वारा ग्रामीण सडक ट्याम्के मैयुङ् ७, २५ लाख ।
५. तिवारीभन्ज्यांग च्यांग्रे बास्तिम ठूलोदुम्मा सानोदुम्मा सडक ५० लाख
६. जरायोटार सिक्रेटार सानोदुम्मा पँधेरी सडक ५० लाख ।
७. हिलेभन्ज्यांग हेलौछा बोया साङपाङ देउराली सडक ४५ लाख ।
८. दिंलादेखी सतिघाट सडक स्तरोन्नती ८७ लाख ।
९. घोरेटार फलामढुंगा पूर्णेबजार वयांग पसलभन्ज्यांग बालंखा सडक ८७ लाख ।
१०. बालंखा थिदिंखा पसलभन्ज्यांग बयांग सडक ८७ लाख ।
११. अन्य सडक निर्माण तथा मर्मत सुधार २ करोड ।
१२. भोजपुर मानेभन्ज्यांग रानीबास घोरेटार सडक ५० लाख ।
१३. भोजपुर दिंला मुलपानी केउरेनीपानी सडक ५० लाख ।
१४. सेती बगर रिमचिम हुँदै खोटाङको फेदी जोड्ने सडक ५० लाख ।
१५. सुन्तले बाघखोर माझखर्क तिम्मा छिनामखु अन्नपूर्ण ओख्रे भूल्के दलगाउँ सडक ५० लाख ।
१६. गुप्तेश्वर झ्यालसिंगे सुन्तले हेलौछा सडक ५० लाख ।
१७. प्याउली पंचदोबाटो पियुठगाउँ खानीगाउँ ह्यांगसिंग हुँदै नखुवा खोला सडक ७० लाख ।
१८. गुम्बा, कोट, गोगने, लेखर्क पान्धारे सडक ५० लाख ।
१९. बुम्लींटार कुलुङ चौकीडाँडा खाटाम्मा लिमखिम हुँदै साल्पाफेदी सडक निर्माण ५० लाख ।
२०. भोजपुर ६ देउराली भंगेरी पालुवा हुँदै पिखुवा खोला सडक ७० लाख ।
२१. युनाइटेड बोर्डिङ हुँदै घट्टेखोला आम्तेक श्यामशिला सडक ५० लाख ।
२२. दानाबोट भण्डारीगाउँ खोलाखर्क अर्चले सडक ५० लाख ।
२३. मैनामैनी हसनपुर चुहार घोरेटार भोजपुर दिंला सडक १९ करोड २३ लाख ।
२४. पादेशिक विशेष सडक निर्माण २ करोड ८० लाख ।
२५. कुलुङ चौकीडाँडा खाटाम्मा भोजपुर संघबाट शसर्त अनुदान १ करोड ६३ लाख ।
२६. भोजपुर, मानेभन्ज्याङ्ग, रानीबास घोरेटार सडक संघबाट शसर्त अनुदान ४ करोड १ लाख ।
२७. खैराङ्ग पात्लेपानी हसनपुर सडक संघबाट शसर्त अनुदान १ करोड ५९ लाख ।

पुलतर्फ

१. काँवाखोला पक्कि पुल हतुवागढी १ र रामप्रसाद राई ५ मा १ करोड
२. यांगमा ओखरबोटे निभारे खोला झोपु.साल्पासिलिछो ६ मा २५ लाख
३. च्याकशिला चिलिमधाप झोपु साल्पासिलिछो ५ मा ५५ लाख ।
४. इन्द्रावती खोला झोपु साल्पा सिलिछो ५ पाला बोखुम्बा २५ लाख ।
५. पाटी खोला भोजपुर ५ झोपु २५ लाख ।
६. लालबिरौटा चौकिडाँडा ४ झोपु २५ लाख ।
७. पिखुवाखोला पक्कि पुल २ करोड ।
८. आरीखोला पक्कि पुल २ करोड ।
९. अँधेरीघाट पक्कि पुल २ करोड ।
१०. याकुवाखोला नखुवा दोभान (बंखुवा) पक्कि पुल २ करोड ।
११. याकुवाखोला नखुवा दोभान (गंखुवा) पक्कि पुल १ करोड ५० लाख ।
१२.तामुटार पक्कि पुल १ करोड ५० लाख ।
१३. तेन्दो मातेल इन्द्रावती साल्पा सिलिछो ५ झोपु ३० लाख ।
१४. अरुण नदी पुल कुरुलेघाट २ करोड ।
१५. दूधकोशी नदी पुल चुहार उदयपुर र भोजपुर सिमा २ करोड ५० लाख ।

१६. एखुवा खोला झोपु आमचोक ३ र ४ मा ३० लाख ।
१७. एखुवा खोला झोपु आमचोक ५ र १० मा ३० लाख ।

भवन

१. भोजपुर क्याम्पस कभर्ड हल ५ लाख
२.कर्भडहल निर्माण षडानन्द नगरपालिका ८ लाख ।
३. नगरस्तरिय दलित संजाल समितिको भवन निर्माण ५० लाख ।
४. भोजपुर सभा हल निर्माण १० लाख
५. भोजपुर क्याम्पस इ लाइब्रेरी निर्माण १ करोड ।
६. मदन भण्डारी स्मृति भवन निर्माण भोजपुर १५ लाख ।
७. विपी स्मृति भवन निर्माण भोजपुर २५ लाख ।
८. जनता आवास कार्यक्रम ९० लाख
९. कृष्णलक्ष्मी स्पोर्टस कम्प्लेक्स दाँवा १० लाख ।
१०. पाल्पाले खेलमैदान स्तरोन्नती अरुण गापा १० लाख ।
११. भोजपुर कोदारमा रंगशााला निर्माण २ करोड ६० लाख ।
१२. भोजपुर बसपार्कदेखी टक्सार जानेबाटो स्तरोन्नती १० लाख ।
१३. षडानन्द नपाको मुख्य बजार क्षेत्रमा सडक तथा ढल निर्माण १२ लाख ।
१४. दिमालुङ स्मृति पार्क हतुवागढी १२ लाख ।
१५. नारदमुनी थुलुङ पार्क ट्याम्के मैयुङ १० लाख ।
१६. भोजपुर बजारमा बसपार्क निर्माण क्रमागत ११ लाख ।
१७. रामप्रसाद राई स्मृति पार्क १५ लाख
१८. नेपालेडाँडा मझुवावेशी पूर्वाधार निर्माण १२ लाख ।
१९. हतुवागढी पूर्णेडाँडा दिमालुङ संरक्षण र पूर्वाधार विकास १२ लाख ।
२०. गोरुकाटे भ्यु टावर साल्पासिलिछो ३० लाख ।
२१. यलम्बर सभाहल भोजपुर ६ देउराली ३० लाख ।
२२. हतुवागढी घाडेटार संखामचुली भ्यु टावर ३० लाख ।
२३. एकिकृत वस्ति विस्तार तथा व्यवस्थापन ४० लाख ।
२४. दिंला बजार ढल निर्माण १० लाख ।
२५. बालंखा बजार सामुदायिक भवन निर्माण ७० लाख ।
२६. दिंला बजार बहुउदेश्यिय धर्मशाला निर्माण ७० लाख ।
२७. ट्याम्के भ्यु टावर निर्माण १ करोड ।

खानेपानी

१. केउरेनीपानी ६,७ खानेपानी आयोजना ४० लाख ।
२. हसनपुर खानेपानी आयोजना ५० लाख ।
३. सिद्धेश्वर गुप्तेश्वर वृहत खानेपानी आयोजना २० लाख ।
४. बिलिम्बा खानेपानी आयोजना ५० लाख ।
५. दोभाने खानेपानी आयोजना ५० लाख ।
६. भाङटार याङपाङ खानेपानी आयोजना ३० लाख ।
७. देउराली ५ खानेपानी आयोजना ३० लाख ।
८. हतुवागढी खापाआ ५० लाख ।
९. होम्तांगमा पिखुवाबाट पम्पिङ खानेपानी आयोजना ५० लाख ।
१०. छर्छरे खानेपानी आयोजना च्यांग्रे १ करोड ।
११. पौवादुम्मा खानेपानी आयोजना ५० लाख ।
१२. लोभा खोखा मुहान लोभा देउराली खापाआ षडानन्द ९, १२ मा ५० लाख ।
१३. आकाशे पानी संकलन परियोजना २० लाख ।
१४. पखुवाखोला दोभान मुहान आमचोक गापा सोलार लिफ्ट खापा आयोजना ५० लाख ।
१५. साङपाङ देउराली खानेपानी मर्मत ५० लाख ।
१६. बजरे खानेपानी आयोजना ५० लाख ।
१७. षडानन्द खानेपानी आयोजना ४० लाख ।
१८. शिवालय खापाआ ५० लाख ।
१९. अरुण नदी लिफ्टिङ खापाआ ३० लाख ।
२०. साङकाफोक लिफ्टिङ्ग खानेपानी आयोजना आमचोक १० मा १० लाख ।
२१. पाखुरे पान्धारे खानेपानी आयोजना ट्याम्के मैयुङ ९ मा ४० लाख ।
२२. लोमाखोला खानेपानी गुणस्तर सुधार आयोजना २० लाख ।
२३. जरायोटार लिफ्ट खापाआ अरुण गापा ६,७ मा ३० लाख ।
२४. रानीपानी खापाआ षडानन्द नपा १३,१४ मा २० लाख ।
२५. कुमालटार लिफ्ट खानेपानी आयोजना चरम्बी ३० लाख ।
२६. आम्तेक श्यामशिला खानेपानी आयोजना १८ लाख ।
२७. माझखर्क मुलखर्क खानेपानी योजना भोजपुर नपा ३ मा
४० लाख ।

यहाँ १० लाखभन्दा कमका योजना समावेश गरिएको छैन् ।

पर्यटन
१. हतुवागढी संरक्षण ५० लाख ।
२. सिद्धथान पर्यटन विकास आमचोक गापा १० मा १ करोड ।
३. वयाङ पर्यटन पूर्वाधार विकास आमचोक ६ मा ५० लाख ।
४. सुन्तले डाँडा पर्यटन पूर्वाधार विकास ५० लाख ।
५. गोरुकाटे डाँडा भ्यु प्वाइन्ट निर्माण साल्पा सिलिछो ५० लाख
६. छाँगे खोला पर्यटकीय क्षेत्र विकास षडानन्द नपा ५० लाख ।
७. मलुवा पोखरी तथा सिमसार संरक्षण ट्याम्के मैयुङ २ मा २० लाख ।
८. हतुवागढी दिमालुङ पर्यटन पूर्वाधार विकास हतुवागढी ५० लाख ।
९. ट्याम्के मैयुङ मुन्धुम ट्रेल पूर्वाधार विकास २ करोड ।

सिचाँइ

मचुवाटार लिफ्ट सिचाँइ योजना १ करोड

सिचाँइका अन्य योजना समावेश गरिएको छैन् ।

प्रकाशित मिति: ८ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्