विराटनगर महानगरले दियो एकैपटक ११ जना पत्रकारलाई पुरस्कार


 


विराटनगर, असार १०

विराटनगर महानगरपालिकाको चौथो नगरसभाको क्रममा प्रदान गरिएको पत्रकार पुरस्कारप्रति नेपाल पत्रकार महासंघ मोरङ शाखाले आपत्ति जनाएको छ ।

११ जना पत्रकारहरुलाई पुरस्कृत गर्दा केही गैरपत्रकारहरु पनि सम्मानित र पुरस्कृत भएको भन्दै महासंघले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ती जनाएको हो । विराटनगर महानगरपालिकाले चौथो नगरसभाको क्रममा विराटनगरमा कार्यरत ११ जना पत्रकारलाई मंगलबार पुरस्कृत गरेको छ ।

चौथो नगरसभाको क्रममा विराटनगर महानगरपालिकाले सबै पत्रकारहरुलाई नगद पन्ध्र हजार रुपैया तथा सम्मान पत्रले सम्मानित तथा पुरस्कृत गरेका हो । पत्रकार खुशी पार्ने क्रममा आफुखुसी गोजीको सम्पत्ति झैं निगाहा र बक्सिस दिई निर्णायक पदको दुरुपयोग गरेको पत्रकार महासंघको आरोप छ ।

प्रकाशित मिति: १० असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्