चट्याङ लागेर रुपन्देहीमा ३ जनाको मृत्यु


 


बुटवल । मंगलबार परेको पानीसंगै आएको चट्याङ लागि रुपन्देहीमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सैनामैना वडा नंं ७, आमीको ६२ वर्षीय चन्द्र बहादुर बिक,कञ्चन गाउँपालिका वडा नंं २ बसन्त फुलबारी बस्ने ६० वर्षीय नन्दराम अर्याल र गैडहवा गाउँपालिका वडा नंं।७ वर्गदैया बस्ने राम जित लोधको २५ बर्षका छोरा भागवत दास लोध रहेका छन् ।

घर नजिकै गाई बस्तु चराउने क्रममा चट्याङ लागि घाईते भएका बि।क।को लुम्बिनी प्रार्देशिक अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

त्यस्तै अर्याल घर नजिकै गाई बस्तु चराउने क्रममा चट्याङ लागि मृत्यु भएको हो । भागवत दास लोध तरकारी बारीमा जानेक्रममा चट्याङ लागि मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुर्यपुराले जनाएको छ ।

प्रकाशित मिति: १० असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्