पोखरामा हावाहुरीले चार घरको छाना उडायो


 


पोखरा, असार १०

पोखरामा मंगलबार साँझ आएको वर्षासँगैको हावाहुरीले चार घरको छाना उडाएको छ। पोखरा महानगरपालिका वडा नम्बर ६ फेवाताल किनारको गाइघाटमा रहेका सुकुमबासी टोलका चार घरको छाना उठाएको पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरिकृष्ण पहारीले जानकारी दिए।

सुकुमबासी टोलमा बस्दै आएका रिना गुरुङ, सीता देवकोटा, शक्ति र राधा विकको घरको टिनको छाना उठाएको पहारीले जानकारी दिए। घरका छाना उठाएपछि घरका कोठा सामानहरु कामै नलाग्ने गरी भिजेका र फुटेका छन्।

कोठामा रहेका टिभी, स्कुटर, राइस कुकर फुटेक छन् भने घरभित्र पानी पसेर सुत्न नहुने अवस्था रहेको उनले बताए। उनीहरुका परिवारलाई छिमेकीको घरमा बस्ने व्यवस्था मिलाएको पहारीले बताए।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्