एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी


 


भक्तपुर, असार ११

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।

कार्यालयले आज परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उहाँले कुनै प्राविधिक त्रुटी नभए भोलिसम्ममा र प्राविधिक त्रुटी आए नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए ।

कार्यालयले सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नतिजा http://see.ntc.net.np/,  https://see.edusanjal.com/ लगअन गरेर हेर्न सकिनेछ ।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्