आज एसईईको नतिजा प्रकाशन हुँदैन


 


काठमाडौँ, असार ११

माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको राष्ट्रिय परीक्षा बोर्डले बुधबार नतिजा सार्वजनिक गर्ने सम्भावना नरहेको स्पष्ट पारेको छ । बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले आज (बुधबार) नतिजा सार्वजनिक नहुने पुष्टि गरे ।

‘आज रिजल्ट हुँदै हुँदैन, नतिजा प्रकाशनको तयारी चलिरहेको छ,’ उनले भने, ‘अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेको छ, सकिनासाथ नतिजा सार्वजनिक हुन्छ ।’

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पनि आज नतिजा सार्वजनिक गर्ने कुनै तयारी नरहेको जनाए। नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नु पर्छ। बुधबार मध्यान्हसम्म बोर्ड बैठक डाकिएका छैन। बोर्डका एक सदस्यले भने, यतिखेर त बैठक बोलाइ सक्नुपर्ने हो। बोलाइएको छैन। रिजल्ट हुने सम्भावना देख्दिनँ।

यतिबेला पनिकाका कर्मचारीहरुले नतिजा सार्वजनिकका लागि अन्तिम रुजु र क्रस चेकिङको काम गरिरहेका छन्।

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्