प्रधानमन्त्री ओलीका लागि होइन, भोलिका लागि अझै स्फूर्त हुन जरुरी छ देशप्रेमी अरिङ्गालहरु


 


तीर्थ भट्टराई नेपाली शब्दकोषमा अरिङ्गालको अर्थ एक प्रकारको विषालु किरा हो । तर नेपाली राजनीतिको आधुनिक शब्दकोषमा अरिङ्गालको अर्थ समृद्ध नेपाल, सुखी नेपालीका सहयोगी अभियन्ताका रुपमा बुझिन्छ । केही समय अघि अरिङ्गाल शब्द सञ्चार माध्यममा भाइरल बनेको थियो । यसको सन्दर्भ थियो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता पोष्टबहादुर बोगटीको चौंथो स्मृति दिवस । उक्त कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मन्तव्य दिने क्रममा यो शब्दलाई उच्चारण गर्नुभयो ।

पार्टी एकतामा खेल्नेहरुको फेहरिस्त राख्दै उहाँले भन्नुभएको थियो, ‘अनेकौं बाधा, व्यवधान र षडयन्त्रका वीचमा हामीले पार्टी एकीकरण गर्यौं । यसबाट हाम्रा विरोधी शक्तिहरू खुशी छैनन् । यो एकीकरण भाँडन, हामीलाई फुटाउन अनेक प्रयत्न भइरहेको छ । हामी वीचमा दरार पैदा गर्ने, त्यसभित्र सानो फेसा ठोकेर अलि स्पेस निकाल्ने, त्यो स्पेसमा अलि ठूलो फेसा ठोक्ने र पुरै फुटाल्ने रणनीति एकता विरोधी तत्वहरूको छ । यसबाट हामी सावधान रहनुपर्छ । कुनै बेला प्रधानमन्त्री भएकोले ममाथि आक्रमण हुन्छ, त्यसबेला प्रचण्डजी लगायतका अरु ए ! यो त केपीलाई प्रहार गरेको रहेछ भनेर चुप लागेर बस्ने, कुनै बेला प्रचण्डजीलाई प्रहार भएको बेला ए ! यो त प्रचण्डलाई रहेछ भनेर हामीले खुच्चिङको भावमा टाउको हल्लाउने गर्ने हो भने हामी सिद्धिन्छौं । त्यसैले हामी अरिङ्गाल जस्तो हुनुपर्छ । आफ्नो समूहको कुनै सदस्यलाई आक्रमण हुँदा हामी सबै त्यसको रक्षामा लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीको यो भनाईलाई विपक्षीमाथि अरिङ्गाल झैं खनिनु पर्छ भन्ने अर्थमा ‘भाइरल’ बनाइयो । वास्तवमा यसको अर्थ नेकपाको एकीकरण प्रक्रिया, यसबाट प्राप्त भएको वा हुने सकरात्मक परिणामको लागि सबै मिलेर यसको रक्षाका गर्न लागौं भन्ने नै हो । प्रधानमन्त्री ओलीको भनाइलाई आत्मसाथ गर्ने हो भने हाल देशको विकाश नहोस भनी अपवाह फैलाउने केही समूह छ । सदियौंदेखि देशमा जरा गाडेको भ्रष्टाचार, अनियमितता, अराजकताले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाइ छिर्के लाउने दाउ गरिरहेको छ । केही गरेर जनतालाई स्वावलम्वी बनाउने प्रधानमन्त्री ओलीको दृढ इच्छा शक्तिलाई धमिल्याउने कुचेस्टाहरु भइरहेका छन ।

तसर्थ हामी आफ्नै हक अधिकार र भबिष्य सुरक्षित पार्न पनि देशका यी साहसी प्रधानमन्त्रीलाई बिकाशमा सघाउन जरुरी छ । नेपाल बिकाशको लागि धेरै ठूलो संभावना बोकेको देश हो । यो स्वर्णिम धर्तिमा प्राकृतिक सौन्दर्यताका अनेकौ स्वरुप हिमाल, पहाड, खोला, नाला, छहरा र बिकाशका लागि विभिन्न खानीहरु अवस्थित छन । यति धेरै संभावनाका उदाहरणहरु अवस्थित हुदापनि यिनलाई उचित उपयोग गर्ने इच्छाशक्ति वा नेतृत्व देखिदैनथ्यो देशमा । तर हाल देशमा राजनैतिक संक्रमणको अन्त्य भै आर्थिक समृद्धिको बाटोमा लम्किएको छ । देशले स्थायी सरकार र सही नेतृत्व पाएको यस स्वर्णिम घडीमा हामीले सरकारसँग बिकाशका लागि सहकार्य गरेनौ भने कहिले बन्छ देश ? कहिले सुखी हुन्छन जनता ? कहिले खुसी हुन्छन हाम्रा सन्तती ? भन्नेवारे गहन रुपले सोच्नैपर्छ अव सवै नेपालीजनले ।

प्रधानमन्त्री ओली देशका लागि निश्पक्ष रुपमा सोच्ने ब्यक्तित्व हुनुहुन्छ । न परिवारको चिन्ता, न आफन्त नातागोताको चिन्ता छ उहालाई । चिन्ता छ त केवल देश र जनताको । आफ्नो उपहारको जीवनले देश र जनता सुखी र खुसी पारौं भन्नेमात्र लक्ष्य छ उहामा । एकमुठ्ठी सास रहदासम्म देशलाइ समृद्धिको एउटा गन्तव्यसम्म पुर्याउने अठोट छ उहाको । उहाँलाई नबुझ्ने केहीले बिरोध र अनावश्यक गाली गरेको देख्छु म र अचम्मित पनि हुन्छु । मान्छेहरु किन यथार्थताको धरातलबाट गिरेका होलान ? उहाले सत्ता सम्हाल्नुभन्दा पहिला देशलाई अग्रगामी बिकाशको दिशामा हिडाउने कसैको योजना थिएन । अर्को देशको राजदुतले यो देश चलाएको जस्तो महासुस हुन्थ्यो जनतालाई ।

अहिले देशको स्वाभिमान, इज्जत बिश्वसामु अनुपम उदाएको छ । त्यो सम्माननीय प्रधानमन्त्री ओलीकै कारणले हो । देशमा जनताले स्थायी सरकार पाएका छन र त्यो स्थायी सरकारले देशको बिकाश,अन्तरास्ट्रिय सम्बन्धलाई सगरमाथाको शिखर जस्तै उचाइमा पुर्याएको छ । होला केही कमजोरी अझै तर यत्तिका समयसम्म बिगारिएको देशलाई सुधार्न गरिएको प्रयत्न नै प्रसंशनीय छ । तसर्थ देश बिकाशका एजेन्डाहरुलाई कार्यान्वयन गर्न अघि बढेको ओली सरकारलाई गाली गरेर हतोत्साहित पार्ने हैन, उर्जा र साथ दिएर सहयोग गरौं, तवमात्र देश बनाउन सकिन्छ ।

देश बनाउने यो महाअभियानमा सबै सचेत नागरिकहरु एकजुट हुनु जरुरी छ । देशका सबै वर्गको उचित सहभागीताबाट मात्र देशले समृद्धिको फड्को मार्नेछ । देश बिरोध गरेर बन्दैन । सकारात्मक सोचले मात्र बन्दछ भन्ने ज्ञान हुनु अत्यन्तै जरुरी छ । हाल केही प्रतिपक्षी दलका नेता कार्यकर्ताहरु राष्ट्रियताको कुरा गर्यो कि अरिङ्गाल आए भनी हल्ला गर्दछन । सरकारलाई बिकाशमा सघाउनु पर्दछ भन्यो भने अरिङ्गालकै कुरा गरेर लोक हसाउछन । तर देश बनाउने अभियानमा लाग्नुभएका यस्ता निडर अनि सादगी प्रधानमन्त्रीलाई साथ दिन र अनावश्यक कुप्रचारहरु गरेर हल्ला फिजाउनेहरु बिरुद्ध देशलाई भलो चाहने वर्गले साथ र समर्थन गर्दा अरिङ्गाल देख्नेलाई ओलीका लागि होइन, भोलिका लागि यी देशप्रेमी अरिङ्गालहरु अझै स्फूर्त हुन जरुरी छ । जनता टाईम्सबाट 

प्रकाशित मिति: ११ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्