सेनाकै जग्गा अतिक्रमण


 


काठमाडौं । नेपाली सेनाले भोगाधिकार पाएको भक्तपुरस्थित सूर्यविनायक ब्यारेकको जग्गा व्यक्तिका नाममा किनबेच भएको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

सेनाको सूर्यविनायक ब्यारेकभित्र रहेको ३ रोपनी १ आना २ पैसा जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ । उक्त जग्गा सेनाले २०४५ सालमा अधिग्रहण गरेको थियो ।

भक्तपुरमा मात्र होइन बैतडीलगायत जिल्लामा समेत सेनाको स्वामित्वमा रहेका जग्गा कब्जा भएको छ ।

प्रकाशित मिति: १२ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्