देशका अधिकांश स्थानमा वर्षा हुने


 


काठमाडौं, असार १२

गत वर्ष भन्दा करिब १ साता ढिला भित्रिएको मनसुन देशभर सक्रिय भएको छ । मनुसुन भित्रिएसँगै गर्मी केही कम हुने जनाइएको छ । यसैबीच बिहीबार देशका अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा बिहानैदेखि झरी परिरहेको छ । पुर्व र मध्यका धेरै स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षा एवं शदलीको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

आज राति समेत धेरै ठाँउमा वर्षा हुने पूर्वानुमान छ । देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान हो ।

प्रकाशित मिति: १२ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्