क्रान्ति सुब्बाको “हङकङभित्र”को लोकार्पण


 


काठमाण्डौँ। लेखक क्रान्ति सुब्बाद्वारा लिखित निबन्ध सङ्ग्रह “हङकङ भित्र”को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा पुस्तक लोकार्पण गरिएको हो ।

कार्यक्रममा कुलपति उप्रेती, टङ्क सुब्बा हाङ्गयुङ्ग अज्ञात, राजेन्द्र रिमाल लगायतले शुभकामना दिएका थिए । लेखक सुब्बाले दीर्घकालीन महत्वको एउटा कृती बजारमा ल्याउने उदेश्यले “हङकङ भित्र” लेखेको बताए । उनले भने, – यसले हङकङ बारे समग्र जानकारीका साथै अन्य विभिन्न विषय समेटेको छु ।

पुस्तकमा तारा देखि तिरसम्मका, कृष्णदेखि क्रिससम्मका, एसिस होटलदेखि आइन्स्टाइनसम्म, डार्विनको विकासवाददेखि मानव क्लोनिङको कुरासम्म समेटिएको उनले बताए ।

प्रकाशित मिति: १२ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्