योगेश भट्टराईदेखि जनार्दन शर्मासम्म मन्त्री बन्दै


 


काठमाडौं । सरकारमा रहेका मन्त्रीको जिम्मेवारीमा हेरफेर हुने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको हो ।

सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमा जुटेका छन् । नेताले बिहीबार पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफल गर्न लागेका छन् ।

प्रधानमन्त्री ओलीले सांसद महेस बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । यस्तै अर्का अध्यक्ष दाहालले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु शाह र देवेन्द्र पौडेललाई आफ्नो निवास खुमलटार बोलाएका छन् ।

अध्यक्षद्वयले सांसदहरुसँग छलफल गरेपछि मन्त्रिमण्डलमा हेरफेर हुने उच्च स्रोतले बताएको छ । तर, कुन कुन मन्त्रीलाई हटाइने भन्नेबारे केही खुलाईएको छैन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति: १२ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्