ससुराली गाउँ पुगेर ‘हली’ बने मन्त्री गुरुङ !


 


पर्वत । गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्री किरण गुरुङको ससुराली गाउँ हो पर्वतको फलेबास । फलेबास नगरपालिका र कृषि ज्ञानकेन्द्र पर्वतले आयोजना गरेको धान दिवस कार्यक्रमका प्रमुख अतिथि रहनुभएका मन्त्री गुरुङ्ग ससुराली गाउँमा पुगेर ‘हली’ बन्नुभएको खबर दुर्गाप्रसाद शर्माले समाचार पत्रमा लेखेका छन ।

कार्यक्रमको उद्घाटन कार्यक्रममा हाते ट्याक्टर र हलो जोतेर मन्त्री गुरुङ्गले असार १५ मनाउनुभयो । मन्त्री गुरुङ्गले झण्डै १५ मिनेट सम्म हाते ट्याक्टरले जोत्दै गर्दा स्थानिय कृषकहरु निक्कै उत्साहित थिए । ‘हाते ट्याक्टर चलाउन सिपालु रहेछन मन्त्री’ कृषकहरु त्यसै भन्दै थिए ।

हाते ट्याक्टर मात्रै होइन मन्त्री गुरुङ्गले हलो समेत जोत्नुभयो । खेतको आलीमा नौमती बाजा बजि रहेका थिए भने मन्त्री गुरुङ्गलाई संबिधानसभा सदस्य कल्पना चापागाई,। जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल देखि कृषि ज्ञानकेन्द्रका प्रमुख बासुदेब रेग्मी, पार्टीका नेताहरु, सुरक्षाकर्मी देखि स्थानिय कृषकहरुले साथ दिएका थिए ।

लामो समय सम्म कृषक संग खेतमै रमाउनुभएका मन्त्री गुरुङ्ग परम्परागत खेतीले मुलुकको आवश्यकता पुरा हुन नसक्ने बताउनुभयो । उहाँले उन्नत प्रबृधि र नष्लको प्रयोग गरेर ब्यबसायिक रुपमा खेती गर्दै आयतलाई प्रतिष्थापन गर्नुपर्छ भन्नुभयो । ‘अब परम्परागत रुपमा गरिने खेतीले हाम्रो आवश्यकता पुरा हुन सक्दैन’ उहाँले भन्नुभयो ‘कृषिमा प्रबिधी र ब्यबसायिकता बिकास गर्नु अहिलेको प्रमुख कार्यभार हो ।’

साना र साँघुरा खेतबारीमा गरिने खेतीले उत्पादन सोचे अनुसार नहुने भएकाले कृषिलाई ब्याबसायिकरण गर्न गण्डकी प्रदेश सरकारले यस बर्ष देखि जमिन चक्लाबन्दी गर्ने कार्यक्र राखेको उहाँले जानकारी दिनुभयो । ठुला र ब्यबसायिक फर्म ,पशुपालनका क्षेत्रमा अनुदान दिने कार्यक्रम भैरहेको उहाँले बताउनुभयो ।

फलेबास नगरपालिका प्रमुख पदमपाणी शर्माले नगरपालिकाले कृषिमा आत्मनिर्भर बन्ने योजना र बजेटको ब्यबस्था गरेको बताउनुभयो । उहाँले धान उत्पादनप्रति कृषकहरुलाई उत्प्रेरित गर्न हरेक बर्ष नगरपालिकाले यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको बताउनुभयो । कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख बासुदेब रेग्मीले धान उत्पादनलाई दोब्बर बनाउनका आधुनिक प्रबृधि, मल र उन्नत जात लगाउन आवश्यक भएको बताउँदै पर्वत जिल्लामा पनि बर्षेनी धान उत्पादन घट्दै गएका कारण यसलाई बढाउनका लागि हरेक क्षेत्रले सहयोग गर्नुपर्छ भन्नुभयो । कार्यक्रमलाई कामना सेवा बिकास बैंकले प्रायोजन समेत गरेको थियो ।

प्रकाशित मिति: १५ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्