‘पुर्वान्चल फेसन शो’को दोश्रो अडिसन सम्पन्न, फाईनलमा कमल खत्री आउने


 


ईटहरी । प्रदेश १ को ईटहरीमा हुन लागेको ‘नेपाल टुर : पुर्वान्चल फेसन शो’को बारे जानकारी गराउने उद्देश्य सहित ईटहरीमास्थित सप्तकोशी अनलाइनको कार्यलयमा पत्रकार सम्मेलन गरिएको छ ।

उक्त सम्मेलनमा ईटहरी र ईटहरी आसपासमा छरिएर रहेका युवायुवती भित्र रहेको र्याम्प कलालाई उजागर गर्ने र फेसन शोमा अभिभावकको नराम्रो दृस्ठिकोणलाई हटाउने उद्देश्य सहित ईटहरीमा यस्तो कार्यक्रमको आयोजना गरिएको जानकारी कार्यक्रमका आयोजक तथा युथ क्रीयसन नेपालका मेनेजिङ डिरेक्टर रबि लामा तामाङ्गले गराए । विभिन्न फेसन शो देखि ब्युटी कन्टेस्टहरु सफल आयोजना गरिरहेको युथ क्रीयसनले पहिलो पटक ईटहरीबाट नेपाल टुरको आयोजना गरेको हो ।

ईटहरीको शो सम्पन्न गरे लगत्तै चितवनमा कार्यक्रमको आयोजना गर्ने क्रीयसनका मोडल तथा आयोजक सुरेश थापा मगरले जानकारी गराए । यस्तै ईटहरीको शोको लागि सम्पन्न पहिलो चरणको अडिसनबाट ४० जना युवायुवतीको सहभागीता भएको थियो भने जसमध्येबाट फाईनल शोको लागि ३० जना छनौट भएका छन ।

अडिसनमा फेसन शोको लागि ईटहरीमा नया अनुहार देखि र्याम्प गरिरहेका युवायुवतीको पनि सहभागीता रहेको स्थानिय आयोजक तथा मिडिया संयोजक सुवास संकल्पले बताए । यस्तै पहिलो चरणको अडिसनबाट छुटेका तथा इच्छुक नयाहरुको लागि सप्तकोशी अनलाईनकै कार्यलयमा शोको अन्तिम अडिसन पनि पत्रकार सम्मेलन पश्चात सम्पन्न गरिएको थियो । दोश्रो तथा अन्तिम अडिसनमा १५ जनाको सहभागिता भएको थियो ।

अडिसनमा जर्जको रुपमा आयोजकका तर्फबाट मेनेजिङ डिरेक्टर रबि लामा, मोडल आयुष मगर, मार्टिना मेकअप स्टुडियोकि उर्बि श्रेष्ठ, मोडल तथा नायक माधब केसि र डि डिजाईनरकी मनिषा पोख्रेल रहेका थिए । पहिलो चरणको अडिसन सम्पन्न भए संगै विभिन्न सिक्येन्सका लागि तालिम भैरहेको छ भने दोश्रो चरणको अडिसनबाट छानिएकाहरुले आईतबारबाट तालिममा प्रवेश पाउनेछन । यता फाईनल शो यसै असारको २७ गते हुँदै छ । मोरङमा अवस्थित गोकर्ण रिसोर्टमा सम्पन्न हुन लागेको फाईनल शोमा लाईभ कन्सर्ट साथै डिजे पूल पार्टी पनि हुने आयोजकले बताए ।

शोको लागि ‘शो टपर’को रुपमा युथ क्रियशनकै आयोजनामा भैरहेको मिस हेरिटेज क्वीन नेपाल र मिस्टर एण्ड मिस बेस्ट मोडलका विनर आउनेछन भने कठमाण्डौबाट पनि शोमा र्याम्प गर्न दर्जन बढि फेशन मोडलहरु आउने रविले बताए । शोमा आयोजकले र्याम्पमा पुर्वाञ्चलको लागि पहिलो पटक नया स्वाद पनि दिने जनाएको छ । ‘हेण्डिक्राफ़्ट हेरबिन’ सहित स्विक्येन्समा मोडलहरुले र्याम्प वाल्क गर्दै नया स्वाद दिनेछन । चर्चित गायक कमल खत्रीको विशेष प्रस्तुती सहित स्थानिय गायक तथा कलाकारको पनि प्रस्तुति रहने छ । फेसन शो साझ ६:३० देखि सुरु हुनेछ । युथ क्रीयसन नेपाल काठमाडौको आयोजनामा हुन लागेको फेसन शोमा मार्टिना मेकअप स्टुडियो ईटहरी मेकअप पार्टनर, डि डिजाईनर ईटहरी बुटिक पार्टनर, डिथ्री अनलाईन र डिथ्री फोटोग्राफी फोटोग्राफर तथा मिडिया पार्टनर रहेको छ ।

प्रकाशित मिति: १६ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्