आज मंगलबार कति छ सुनचाँदीको मूल्य ?


 


काठमाडौं, असार १७

मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । व्यवसायीहरुका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा कुनै उतारचढाव देखिएको छैन । जसले गर्दा नेपाली बजारमा पनि मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति तोला फाइन गुणस्तरको सुन ६५ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदी पनि स्थिर रहदै प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा एकसाता याता सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति: १७ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्