सुनको मूल्य स्थिर, हेर्नुहोस् आजको दरभाउ


 


काठमाडौं, असार १९

बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । व्यवसायीहरुका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा कुनै उतारचढाव देखिएको छैन । जसले गर्दा नेपाली बजारमा पनि मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति तोला फाइन गुणस्तरको सुन ६५ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ ।

तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा एकसाता याता सुनको मूल्य स्थिर रहेको छ । चाँदी भने तोलामा ५ रुपैयाँले घटेर ७ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: १९ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्