करिश्मा अर्को हप्ता नेकपा प्रबेश गर्ने


 


काठमाडौं। चलचित्र नायिका करिश्मा मानन्धर अर्को हप्ता नेपाल कम्युनिष्ट पार्टी प्रवेश गर्ने निश्चित भएको छ । उनले पार्टी प्रवेश गर्ने खुलासा रिपोर्टर्स नेपाल डट कमले गरेको थियो ।

एसईई उत्तीर्ण गरेलगत्तै करिश्माले राजनीतिमा फेरि करिश्मा देखाउने संकेत गर्दै नेकपा प्रवेश गर्न लागेकी हुन् । उनलाई नेकपाका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम लगभग तय भएको छ । करिश्माले प्रचण्डलाई यसै हप्ता भेटिसकेकी छिन् ।
नयाँ शक्ति पार्टी, नेपालको संस्थापक रहेकी मानन्धरले डा।बाबुराम भट्टराईसँगको तीन वर्ष लामो राजनीतिक सम्बन्ध तोडेर नेकपामा प्रवेश गर्न लागेकी हुन् । बाबुराम समाजवादी पार्टी नेपालको अध्यक्ष छन् । करिश्माको राजनीतिप्रतिका मोह अझै भंग नभएको देखिएको छ ।

एक छोरीकी आमा करिश्मा सदावहार नायिका हुन् । नेपाली चलचित्र क्षेत्रमा सुन्दर नायिकामा गनिएकी उनी बेला बेलामा विवादमा आइरहन्छिन् । करिश्मा केही वर्ष अमेरिकामा बसिन् । त्यहाँबाट फर्किएपछि उनी चलचित्रमा मात्र नभई राजनीतिमा पनि सक्रिय हुन थालिन् ।

प्रकाशित मिति: २० असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्