नेकपा प्रवेश तयारीमा रहेकी मनु हुमागाई पार्टीको कारबाहीमा



काठमाडौं नेकपा प्रवेशको तयारीमा रहेकी मनु हुमागाई कारबाहीमा परेकी छिन् । उनलाई महिला शक्ति महासंघले कारवाही गरेको हो । तत्कालीन नयाँ शक्तिनिकट महासंघको शुक्रबार बिहान बसेको सचिवालय बैठकले हुमागाईलाई साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारवाही गरेको हो । हुमागाईको ठाउँमा भगवती सुवेदीलाई संयोजकको जिम्मा दिने बुझिएको छ ।

महिला शक्ति महासंघकी इञ्चार्ज समेत रहेकी हिसिला यमीको उपस्थितिमा बसेको बैठकले हुमागाईले पार्टी संगठनलाई नोक्सान पु¥याएको भन्दै कारबाही गरेको हो । संघीय समाजवादी पार्टीसँगको एकतापछि हुमागाईसँगै कल्पना धमला, देवेन्द्र पराजुलीलगायत नेता नेकपा छिर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News