आज शुक्रवारको सुनचाँदी दरभाउ हेर्नुहोस्


 


काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । व्यवसायीहरुका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा कुनै उतारचढाव देखिएको छैन । जसले गर्दा नेपाली बजारमा पनि मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति तोला फाइन गुणस्तरको सुन ६५ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा एकसाता याता सुनको मूल्य स्थिर रहेको छ । चाँदी पनि स्थिर रहँदै ७ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: २० असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्