संसारभर रहेका नेपालीहरुको मन र भावनालाई समेटेर अगाडि बढ्छौं : मुख्यमन्त्री राई


 


काठमाडौं, असार २१
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालको विकासका लागि संसारभर छरिएर रहेका नेपालीहरुको मन र भावनालई समेटेर अगाडि बढ्ने बताउनुभएको छ । मुख्यमन्त्री राईले नेपालको तिब्र विकासका लागि संसारभर रहेका नेपालीहरु एक भएर अगाडि बढ्न समेत आव्हान गर्नुभएको छ ।

अमेरिकाको बाल्टिमोरमा शुरु भएको नेपाली राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रममलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले नेपाल राष्ट्रको विकास र नेपाली जनताको समृद्धिका लागि संसारभर छरिएर रहेका नेपालीहरु एक भएर अगाडि बढ्नु पर्ने बताउनुभएको हो ।

हामी सबैको ध्यान नेपालमा आकर्षित गराउन चाहन्छौ, मुख्यमन्त्री राईले कार्यक्रमलाई सम्बोधन गर्दे भन्नुभयो, नेपालमा लगानी गर्ने वातावरण बन्दै गइरहेको छ, हामी नेपालमा लगानी आकर्षित गराउन चाहन्छौं । यसका लागि वातावरण बनिरहेको छ, मुख्यमन्त्री राईले भन्नुभयो हामी वातावरण बनाइरहेका छौं ।

नेपाली मन र भावनालाई नेपाल राष्ट्र निर्माणको महान अभियानमा जोड्न् आफूहरु लागि रहेको मुख्यमन्त्री राईले बताउनुभयो । नेपाल विकास र समृद्धिको महाअभियानमा अगाडि बढिसकेको छ, मुख्यमन्त्री राईले भन्नुभयो, यो अभियानमा तपाईहरुको पनि योगदान आवश्यक छ ।

विगतमा नेपाल विभिन्न कारणले पछि परेको भएपनि यतिबेला नेपाल तिब्र गतिमा अगाडि बढिरहेको मुख्यमन्त्री राईले बताउनुभयो । देशमा पहिलोपटक स्थिर र बलियो सरकार बनेको भन्दै मुख्यमन्त्री राईले नेपाल राष्ट्र स्पष्ट गन्तव्य सहित समृद्धिको महान यात्रामा प्रवेश गरेको बताउनुभयो ।

प्रकाशित मिति: २१ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्