नदी किनारमा उच्च सर्तकता अपनाउन आग्रह, आकस्मिक बहाबको सम्भावना


 


काठमाडौं नेपाल बाढी सूचनाले आज कन्काई, बबई नदी तटीय क्षेत्रमा आकस्मिक बहाबको सम्भावना रहेको जनाएको छ । मंगलबार बिहान सूचना जारी गर्दै सर्तकता अपनाउन आग्रह गरिएको छ ।

आज देशैभरीका नदीनालाहरु बढ्दो क्रममा रहने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै, सिन्धुपाल्चोक, गोरखा र सन्यान र यी जिल्ला आसपासका जिल्लाहरुबाट बहने स–साना खोलानालाहरुमा ठूलो वर्षासहित आकस्मिक बहाब हुन सक्ने जनाइएको छ ।

यसैगरी, भोलि प्रदेश २को समग्र चुरे क्षेत्रमा आकस्मिक बहाबको सम्भाबना रहेको सूचनामा जानकारी गराइएको छ । त्यस्तै, पर्सि कन्काई, कोसी, कमला, बागमती र नारायणी नदीहरु र आसपासका सबै स–साना खोलानालाहरुमा भारी वर्षासँगै बहाबले सर्तकता तह पार गर्न सक्ने सम्भावना रहेको छ ।

प्रकाशित मिति: २४ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्