हरियो खुर्सानीले कसरी पुर्याउछ स्वास्थ्यलाई फाइदै–फाइदा, जान्नुहोस्


 


एजेन्सी । पिरो खान मन पराउने धेरै हुन्छन् । हरियो खुर्सानी खाने हो भने पिरो स्वादसँगै अन्य लाभसमेत उठाउन सकिन्छ । हरियो खुर्सानीले पेट र छातीमा असर गर्दैन । यसमा भिटामिन ए, बी–६, सी, आइरन, पोटासियम, कार्बोहाइड्रेट र अन्य धेरै पोषक पदार्थ पाइन्छन् ।

हरियो खुर्सानी स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि फाइदाजनक छ । दैनिक हरियो खुर्सानी खाएमा छालामा चमक आउनुका साथै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ । प्रशस्त मात्रामा भिटामिन सी र ई पाइने भएकाले रगत सफा गर्नुका साथै अनुहारमा आउने पिम्पल्सबाट समेत राहत मिल्छ । अब यसका फाइदाबारे चर्चा गरौँ :

प्रचुर मात्रामा एन्टिअक्सिडेन्ट

हरियो खुसार्नीमा पाइने एन्टिअक्सिडेन्टका कारण ओक्साइडेसनलाई कम गर्छ । जसले कोषिकाहरूलाई स्वस्थ रहन मद्दत गर्छ ।

रक्तसञ्चार बढाउँछ

प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक–फरक गतिमा हुन्छ । रगतले सम्पूर्ण शरीरमा पोषक तŒव, अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पु९याउने गर्छ । हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तीव्र बनाउन मद्दत गर्छ ।

क्यान्सरको खतरा कम

सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसका लागि हरियो खुर्सानी एकदमै उपयोगी हुन्छ । आवश्यक मात्रामा खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावना कम रहन्छ । यसका साथै प्रोटेस्टको समस्यालाई समेत कम गर्छ ।

छालामा चमक

हरियो खुर्सानी छालाका लागि फाइदाजनक मानिन्छ । खुर्सानीमा हुने भिटामिन ईले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पु९याउँछ । खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ ।

प्रकाशित मिति: २४ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्