फेरी घट्यो सुनको मुल्य, हेर्नुहोस् बुधबारको दरभाउ


 


काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको स्थिर रहेको छ । व्यवसायीहरुका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ ।

त्यसैको प्रभाव नेपाली बजामरा पनि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको सुन प्रति तोला २ सय रुपैयाँले घटेर ६४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन पनि घटेर ६४ हजार प्रतितोलामा कारोबार भएको छ । तर चाँदी भने स्थिर रहँदै ७ सय २० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्