विश्वकप क्रिकेटमा भारतले हारेपछि प्रधानमन्त्री मोदीले के लेखे ?


 


काठमाडौं, असार २६

आईसीसी विश्कप क्रिकेट अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत पराजित भएपछि विभिन्न क्रिया प्रतिक्रिया आउन थालेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो टिमले खेलेको खेलप्रति असन्तुष्ट देखिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘ ‘एक निराशाजनक परिणाम ! तर अन्तिमसम्म भारतले गरेको प्रदर्शन देखेर खुःशी लाग्यो । यस टुर्नामेन्टभरी भारतले उत्कृष्ट ब्याटिङ र बलिङ गर्यो यसमा मलाई गर्व छ । हार जित जीवनको एक भाग हो । भविष्यको लागि टिमलाई हार्दिक बधाई !

आजको खेलमा धेरैले आशा गरेका कप्तान विराट कोहली, रोहीत शर्मा र के एल राहुल समान १–१ रन बनाएर आउट हुनु नै भारतको हारको प्रमुख कारण बन्यो ।

केहीले भारतले हार्नुमा पूर्व कप्तान महेन्द्रसिंह धोनीको धिमा गतिलाई समेत हेरेका छन् । किनकी भारतले ९२ रनमा ६ विकेट गुमाउँदा रवीन्द्र जडेजा र धोनी मैदानमा थिए । उनले ७२ बलको सामना गर्दा ५० रन मात्र बनाए ।

त्यसैगरी भारतीय टिमका पूर्व कप्तान सौरव गांगुली र भिभिएस लक्ष्मणसहित पूर्व क्रिकेटरहरुले सातौं नम्बरमा धोनीलाई मैदानमा पठाउनु पनि हारको कारण रहेको बताएका छन् ।

हार्दिक पांड्या र दिनेश कार्तिकलाई धोनीभन्दा पहिले मैदानमा पठाएको भए नतिजा अर्कै आउने उनीहरुको तर्क छ । न्यूजिल्याण्डसँग पराजित भएसँगै भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले न्यूजिल्याण्डको किफायती बलिङको तारिफ गरे ।

उनले भने शुरुवाती ४०–४५ मिनेटमा नै खेलको खेल बदलिएको बताएका छन् । उनले भारतले प्रतियोगिताभर निकै नै राम्रो खेल प्रदर्शन गरेको जनाएका छन् । उनले भने, – हामी हारबाट निराश छौं, तर, आत्मविश्वास हल्लिएको छैन ।

प्रकाशित मिति: २६ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्