जान्नुहोस् ,हामीले भुलेर पनि आफ्नो अनुहारमा यस्ता कुराको प्रयोग गर्नु उचित हुँदैन


 


हामीले भुलेर पनि आफ्नो अनुहारमा यस्ता कुराको प्रयोग गर्नु उचित हुँदैन कोशी अनलाइन मङ्गलबार, असार २४, २०७६ मा प्रकाशित
हामीले खाने खाना र प्रयोग गर्ने विभिन्न सामानले हाम्रो छालामा प्रभाव पारेर, कालो, सुक्खा, फुस्रो बनाउनुका साथै हामीलाई दिन प्रतिदिन बुढो बनाइ रहेको हुन्छ । हामीले जानी–नजानी प्रयोग गरेका सामानका कारण हामीले हाम्रो अनुहारलाई बिगारी रहेका हुन्छौं र हामी उमेर नपुग्दै बुढो देखिन थाल्छौं । हामीले दैनिक गर्ने साना तिना भुलका कारण हाम्रो छालामा विभिन्न असर परिरहेको हुन्छ ।

हामीले आफ्नो छालालाई नराम्रो बनाउनुको मुख्य कारण हो केहि कुरा नबुझी वा अरुको कुरा सुनेर आफ्नो अनुहारमा विभिन्न कुराको प्रयोगले आफै यस्ता समस्याहरु निम्त्याई रहेका हुन्छौं । आजकल जे पनि इन्टरनेटमा पाइने हुदा हामी सपि त्यसैमा खोज्ने काम गर्छौं । हामीले नेट तथा युत्युबमा भएको विभिन्न घरेलु उपायहरु हेरेर आफ्नो अनुहारमा प्रयोग गरिरहेका हुन्छौं ।

उक्त प्रयोग गरिने सामानहरु सबैको अनुहारमा सुट गर्ने खालको हुदैन । यसले समस्याको समाधान गर्नु भन्दा पनि अझ समस्या बढाउने गर्दछ । हामीले भुलेर पनि हाम्रो अनुहारमा केहि सामग्रीहरुको प्रयोग गर्नु हुदैन । यसले छालामा जत्तिनै राम्रो गर्ने भए पनि हाम्रो छालामा केहि न केहि असर गरिरहेको हुन्छ । हामीले हाम्रो अनुहारमा कागती र सुन्तलाको प्रयोग गर्नु हुदैन ।

यी दुइले दाग हटाउने मानिन्छ तर, यसमा पाइने साइट्रिक एसिडले अनुहारलाई सुख्खा बनाएर चमक कम गर्नुका साथै छालामा कालोपन उत्पन्न गर्ने काम गर्छ । हामीले हाम्रो अनुहारमा भिनेगर तथा बेकिंग पाउडर वा बेकिंग सोडाको प्रयोग गर्नु हुदैन । यसमा पाईने अल्केलाइड्सले छालाको पी एच लेभलको मात्रालाई बिगारेर छालामा पाइने ओयललाई कम गर्छ ।

यसको प्रयोगले छालामा कालोपन आउनुका साथै छालामा दाग तथा धब्बा बनेर छालाको चमक कम हुदै जान्छ । हामीले हाम्रो छालामा पुदिनाको पनि प्रयोग गर्नु हुदैन । पुदिनामा पाइने मेन्थोलले हाम्रो अनुहारको नरमपन कम गरेर कालोपन बढाउछ । साथै, हामीले हाम्रो अनुहारमा बियरको पनि प्रयोग गर्नु उचित हुदैन । बियरमा एसिडिक नेचर हुने भएकोले गर्दा यसले हाम्रो छालालाई सुख्खा बनाएर हाम्रो छालाको चमकलाई पनि घटाउने गर्छ ।

प्रकाशित मिति: २६ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्