मन्त्रीपरिषदको निर्णयबिरुद्ध काठमाडौमा मसाल जुलुस


 


काठमाडौं । बिषादीयुक्त तरकारी तथा फलफुल निर्वाधरुपमा नेपाल भित्राउन दिन मन्त्रीपरिषदले गरेको निर्णयबिरुद्ध राजधानी काठमाडौमा मसाल जुलुस निस्केको छ ।

भातरबाट आउने तरकारी तथा फलफुलको बिषादी परीक्षण नै नगरी नेपाल भित्रिन दिने निर्णय मन्त्रीपरिषदको बैठकले गरेको थियो । मन्त्रीपरिषदको निर्णयबिरुद्ध नेपाल बिद्यार्थी संघले विहीवार साँझ राजधानीका विभिन्न ठाउँमा मसाल जलाएको छ ।

मसाल जलाउन सडकमा निस्केका नेविसंघका कार्याकर्तालाई प्रहरीले पक्राउ पनि गरेको छ । बालाजु बाइसधारादेखि बालाजु र पुतली सडकमा मसाल जुलुस निकालिएको थियो । प्रहरीले जुलुसमा सहभागीलाई नियन्त्रणमा लिएको छ । बागबजार र पुतली सडकको मसाल जुलुसमा पनि प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रकाशित मिति: २६ असार २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्