अष्ट्रेलियालाई हराउँदै इंग्ल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा


 


काठमाण्डौँ, असार २७

अष्ट्रेलियामाथि सानदार जीत हासिल गर्दै आयोजक इंग्ल्यान्डले विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । २६ असारमा भएको खेलमा इंग्ल्यान्ड अष्ट्रेलियामाथि हावी भयो । उसले आठ विकेटको सानदार जीत निकाल्यो ।

पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाई दुई सय २४ रनमा सिमित भएपछि इंग्ल्यान्डले सानदार ब्याटिङ गरेर ३२.१ ओभरमा आठ विकेटको जित निकालेको हो । इंग्ल्यान्डको जीतमा बलरहरु महत्वपूर्ण रहे । अष्ट्रेलियाका ब्याट्स्म्यानहरुलाई एकपछि अर्को गर्दै आउट गरेपछि दुई सय २४ रनमा सिमित भएको थियो ।

इंग्ल्यान्डले ओभरमा लक्ष्य भेट्टायो । प्रतियोगिताको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह चरणमा पहिलो हुने भारत र दोस्रो हुने अष्ट्रेलिया पराजित भएपछि कठिनपूर्वक सेमिफाइलनको यात्रा तय गरेका इंग्ल्यान्ड र न्युजिल्यान्ड फाइनलमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्