कालो चिया पिउनुका छन् यस्ता छन् अनगिन्ति फाइदाहरू


 


हामीले बिहान तथा दिउँसो चिया खाने गर्छौं । हामीहरुले धेरै जसो कालो चिया, दूध हालेको चिया, अधुवा चिया वा ग्रिन टीको प्रयोग गर्ने गर्छौं । यी विभिन्न प्रकारका चिया मध्ये कालो चिया हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक हुने गर्छ । हाम्रो शरीरमा रहेका विभिन्न समस्याहरुको समाधान गर्न मद्धत गर्ने भएकाले मानिसहरुले दुधको चिया भन्दा पनि कालो चिया पिउन रुचाउन थालेका छन् ।

चिनी नहालि पकाएको कालो चियामा निकै कम क्यालोरी हुन्छ । यसमा अन्य चियामा भन्दा उच्च एन्टिअक्सिडेन्ट पाइन्छ भने क्याफिनको मात्रा ४० देखि ४५ मिलिग्राम मात्र हुने गर्छ । यो अरु चिया र कफिको तुलनामा निकै फाइदाजनक हुन्छ । दैनिक कालो चिया पिउनाले हामीलाई फुर्तिलो महसुस हुन्छ र हामी दिनभरी सक्रिय हुनुका साथै यसले हाम्रो मस्तिष्कलाई पनि सक्रिय राख्छ ।

दिनमा लगभग ४ कप कालो चियाको नियमित सेवनले दिमागको कोशिकालाई स्वास्थ्य राख्नुको साथै रगतको प्रवाहलाई सक्रिय बनाउछ । यसको सेवनले दिमाग तेजिलो भइ स्मरण शक्ति बढाएर पहिला भन्दा सतर्क र सक्रिय बनाउनुका साथै हामीलाई तनावबाट मुक्त गर्छ । कालो चियामा पाइने टेनिन नामक तत्वले हाम्रो पाचन प्रक्रियालाई राम्रो गर्छ ।

दैनिक खाली पेटमा कालो चिया पिएमा ग्यास्ट्रिक तथा अन्य पेटसम्बन्धी समस्यामा पनि उपयोगी हुन्छ । कालो चिया इने एन्टी अक्सिडेन्ट तत्वले छालाको संक्रमणबाट बचाएर अनुहार चाउरिन दिंदैन । साथै यसले छालको क्यान्सरबाट पनि हामीलाई बचाउने गर्छ । यसमा पाइने फ्लेवेनाइड्स एलडीएलले शरीरमा कोलेस्ट्रोलको मात्रा कम गर्छ । कालो तौल घटाउनका लागि उत्तम मानिन्छ ।

यसले कलेजोको समस्या तथा मधुमेहका लागि पनि सकारात्मक असर पार्ने गर्छ । कालो चियाले स्ट्रोक, ट्युमर तथा क्यान्सरबाट समेत हामीलाई जोगाउने गरेको हुन्छ । कालो चियाले शरीरमा क्यान्सर कोशिकालाई नष्ट गरेर प्रोस्टेट, ओभेरियन, फोक्सो, स्तन तथा मुखको क्यान्सरबाट बचाउन पनि सहयोग गर्छ ।

कालो चिया मुटुको लागि एकदमै फाइदाजनक मानिन्छ । दैनिक एक कप चिया पिउनाले मुटु तथा मुटुको धमनीलाई स्वस्थ राखेर रगतलाई जम्न दिदैन ।

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्