सरकारविरुद्ध कांग्रेस – राजपाको मोर्चाबन्दी तयारी


 


काठमाडौं, असार २७

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी राखेका छन् ।

प्रतिपक्षी दुई दलका नेताबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । आजको नागरिक दैनिकमा समाचार छ ।

दुई पार्टीले विभिन्न एजेन्डा उठाएर केही दिनदेखि संयुक्त रुपमा सदन अवरुद्ध गर्दै आएका छन् । यसबाट सरकारविरुद्ध यी दुई दल मिलेर अघि बढ्ने बलियो संकेत मिलेको छ । कांग्रेसका शीर्ष नेतासँग भेटघाट भएको राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झाले स्वीकारे ।

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्