पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी


 


काठमाडौँ, असार २७

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा एकतर्फी मात्रै सवारी साधानहरु चलिरहेका छन् । गएराति १० बजेतिर सत्रकिलो भन्ने ठाउँमा पहिरो खसेपछि गाडी एकतर्फी मात्रै सञ्चालन भइरहेका हुन् ।

लगातार पानी परिरहेकाले पहिरोे पन्छाउन समस्या भएको छ । एकतर्फी रुपमा आलोपालो गरी मात्रै गाडी चलेकाले लामो जाम भएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्