भारी वर्षाका कारण उर्लाबारी डुबानमा


 


उर्लाबारी, असार २७

दुई दिनदेखीको भारी वर्षाका कारण उर्लावारी लगायत पूर्वका विभिन्न क्षेत्रहरुको जनजीवन प्रभावित भएको छ । ढल निकास व्यवस्थित हुन नसक्दा र खाल्डाखुल्डी अनि अव्यवस्थित सहरीकरणले उर्लावारीलाई पनि असर पुगेको छ ।

उर्लावारीको मधुमल्ला रोडमा अवस्थित भुगुल्टु चिया पसल लगायत अन्य पसलहरुमा पानी पस्यो । उर्लाबारी – ५ अधिंकाश क्षेत्र डुबानमा परेका छन् । हाम्रो साकोस पश्चिमको क्षेत्र डुबानमा परेको छ । पानीको उचित निकास नहुँदा लगातारको वर्षाले उर्लाबारीको बिभिन्न क्षेत्र डुबाएको हो ।

प्रकाशित मिति: २७ असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्