उर्लाबारी डुबानमा, पसलमै पानी पस्दा व्यवसायी मारमा (भिडियो सहित)
उर्लाबारी, असार २७
अबिरल बर्षाका कारण उर्लाबारीलगायत पूर्वका विभिन्न क्षेत्रहरुको जनजीवन प्रभावित भएको छ । उर्लाबारीमा अब्यवस्थित प्लटिङ तथा सार्वजनिक कुलोपैनीमा भौतिक संरचना बनाएका कारण पानी निकासीमा समस्या भएका कारण डुवानमा परेको हो ।
ढल निकास व्यवस्थित हुन नसक्दा र खाल्डाखुल्डी अनि अव्यवस्थित सहरीकरणले उर्लाबारी डुवानमा परेको स्थानीयबासीको बुझाई छ । ढल निकासी हुन नसक्दा उर्लाबारी–६ क्षेत्रका ब्यवसायी मारमा परेका छन् ।
पसलमै पानी पसेका कारण उनीहरु मारमा परेका छन् । उर्लाबारीका ९ वटै वडा यतिबेला जलमग्न देखिएका छन् । सडकलगायतमा पानी जलमग्न हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । पानीको उचित निकास नहुँदा लगातारको वर्षाले उर्लाबारीका सडकबाटै पानी बगिरहेको छ ।