निरन्तर वर्षासँगै उपत्यकावासीलाई ‘अलर्ट’ रहन आग्रह



काठमाडौं, असार २७

शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाको कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित बनेको छ । निरन्तर वर्षाले उपत्यकाको कलंकी, वनस्थली, सामाखुसी, तीनकुने, बानेश्वर, मुलपानी, भक्तपुरको सल्लाघारी, ललितपुरको पाटनलगायत स्थानमा पानी जमेर आवतजावतमा समेत समस्या भएको छ ।

पानी जमेपछि बिहानैदेखि पैदलयात्री र सवारी साधन चलाउनेहरुलाई अप्ठेरो भएको छ । विभिन्न सडक तथा नाली निर्माणको कार्यले ढल निकासको व्यवस्थापन नहुँदा पानीको मुहान थुनिएर पानी जमेको हो ।

वर्षाले बाग्मती नदी र विष्णुमती नदीमा पानीको सतह बढ्न थालेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दा त्रसित बनेका छन् । वर्षाले नदीमा बाढी आउने जोखिमले स्थानीय त्रसित बनेका हुन् ।

बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न प्रहरी हेडक्वार्टरबाट खटिएको विपद् व्यवस्थापन टोली र काठमाडौं प्रहरीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News