बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुग्यो, आज अझै सतर्क रहन चेतावनी



काठमाडौं, असार २८

लगातारको भारी बर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या २१ पुगेको छ । बाढी र पहिरोमा परी ८ जना बेपत्ता भएका छन् । लगातारको बर्षाको देशभरको जनजिवन प्रभावित बनेको छ भने सयौ परिवार विस्थापित भएका छन् ।

रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर, झापा र पर्सामा बाढी र पहिरोमा परी जनधनको क्षति भएको छ । काठमाडौंको मुलपानीका एकै परिवारका तीन जनाको ज्यान गएको छ भने खोटाङमा पनि २ जनाको मृत्यु भएको छ ।

बाढी पहिरोका कारण तटिय क्षेत्रका हजारौ बासिन्दा विस्थापित भएका छन् । उनीहरुलाई सुरक्षित स्थानमा शुक्रवार सारिएको छ । नदी र खोलामा पानीको बहाव खतराको बिन्दूभन्दा माथी पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिवार अझै सतर्क रहन पनि महाशाखाले चेतावनी दिएको छ ।

बर्षा अझै रोकिएको छैन । आज पूर्वीक्षेत्रभन्दा मध्ये र पश्चिम क्षेत्रमा बढी बर्षाहुने अनुमान गरिएको छ । देशभर सवैलाई सचेत रहन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News