पारस खड्काले विस्फोटक ब्याटिङ गरेपछि नेपालद्धारा मलेसिया पराजित


 


काठमाडौं, असार २८

कप्तान पारस खड्काको विस्फोटक पारीले नेपाल र मलेसियाबीचको पहिलो टि २० खेल नेपालको पोल्टामा परेको छ । ओपनिडमा आएका कप्तान खड्काले बिस्फोटक पारी खेलेका छन् । ५० बलमा अविजित हुँदै कप्तान खड्काले ८५ रन बनाए । मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८.३ बलमै भेटाएको छ ।

पहिले ब्याटिड गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । नेपाललाई कप्तान खड्काले सजिलै जिताइदिएका छन् । प्रारम्भीक ब्याट्सम्यान प्रदीप सिंह ऐरी ८ रन बनाएर आउट भएका थिए भने त्यसपछि आएका उपकप्तान ज्ञानेन्द्र मल्ल पनि धेरैबेर क्रिजमा जम्न सकेनन् । तीन विकेट झर्दा नेपालको केही खुम्चिएको थियो । शरद भेषवाकरसँग ६० रनको साझेदारी गर्दै कप्तान खड्काले पहिलो सिरिज जिताए ।

पहिले ब्याटिड गरेको मलेसियाका लागि भिरेनदिप अर्धसतकीय पारी खेले भने अहमद फराजले ४५ रन बनाए । अन्य ब्याट्सम्यान भने नेपाली बलरसँग टिक्न सकेनन् । यसैगरी नेपालका स्पीन बलर सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसीले ३ विकेट लिए । बसन्त रेग्मीले २ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिए ।

प्रकाशित मिति: २८ असार २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्