बाढी, पहिरो र डुबान प्रभावितलाई मद्दत गर्न मुख्यमन्त्री राईको आव्हान, प्रति मृतक २ लाख दिने निर्णय


 


विराटनगर, असार २९
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बाढीपहिरो र डुबान प्रभावितलाई मद्धत गर्न आव्हान गर्नुभएको छ । साताव्यापी अमेरिकाको भ्रमण सकेर आज प्रदेश राजधानी विराटनगर पुगेर मुख्यमन्त्री राईले केही दिनदेखीको अविरल बर्षाका कारण भएको धनजनले आफू दुःखी भएको भन्दै प्रभावितलाई सकेको सहयोग गर्न सबैमा अपिल समेत गर्नुभएको छ ।

यस विपतको घडीमा सकेको मद्दत गर्न म सबैमा हार्दिक अपिल गर्दछु मुख्यमन्त्री राईले भन्नुभयो यो विपत्तिको सबै मिलेर सामना गर्दै बाढीपहिरो एंव डुबान प्रभावितलाई मद्दत गर्न म हार्दिक आव्हान गर्दछु ।

उद्वार, राहत, पुनस्थापना र बेपत्ताको खोजिको निम्ति सबै पक्ष सङ्ग हार्दिक आव्हान गर्दै सबै मिलेर विपत्तिको सामना गर्न मुख्यमन्त्री राईले आव्हान गर्नुभएको छ । उद्दार र राहत कार्यमा सरकारका निकाय समन्वयात्मक रुपमा परिचालित भएको मुख्यमन्त्री राईले बताउनुभयो ।

यसैबीच आज साँझ प्रदेश १ सरकारको मन्त्रिपरिषद् बैठकबाट प्रदेश नं १ भरी गएको बाढी, पहिरो र डुबानबाट मृतक परिवारको निम्ति सहयोग स्वरुप प्रति मृतक २ लाख राहत सहयोग उपलब्ध गराउने निर्णय समेत गरेको छ । त्यस्तै घाइतेको सरकारी अस्पतालमा उपचारको सम्पुर्ण खर्च बेहोर्ने र घाइतेको निजी अस्पतालमा उपचार गरे बापत बढीमा ५० हजार बिल सरकारले भुक्तानी गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति: २९ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्