इंग्ल्यान्डले जित्यो विश्वकप क्रिकेटको उपाधि


 


एजेन्सी । इंग्ल्यान्डले पहिलो पटक विश्वकप क्रिकेटको उपाधि हात पारेको छ । राति सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड सुपर ओभरमा उपाधि हात पार्न सफल भएको हो ।

सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधि जितेको हो ।

न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनाएको थियो । २ सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले अन्तिम बलमा २ रन चाहिएको बेला १ रन मात्रै लिँएर आउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । क्ष्ंग्ल्यान्ड ५० ओभरमा अल आउट हुँदै २४१ रन बटुल्न सफल भएको थियो ।

प्रकाशित मिति: ३० असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्