हेर्नु होस् तपाईंको यो साता (असार ३० देखि साउन ५ गतेसम्मको राशिफल)


 


मेष–समयले साथ दिनाले अधुरा काम बन्नेछन् । धार्मिक यात्रा एव‌ सामाजिक क्षेत्रमा प्रतिष्ठा बढ्नेछ । राजनीतिक क्षेत्रमा सुधार आउने तथा पद प्रतिष्ठाको योग बढेर जानेछ । काममा प्रशंसा मिल्नाले रोजगारीमा फाइदा हुनेछ । आम्दानीको स्तर बढ्नाले ऋणको भार कम हुनेछ । ठूलाबडाबाट साथ मिल्ने तथा वैदेशिक कामबाट फाइदा मिल्नेछ ।

वृष– साताको शुरुमा काममा व्यवधान आउनेछ । अरुले साथ छोड्ने तथा स्वास्थ्यले समस्या दिनेछ । मध्यमा भने सामाजिक प्रतिष्ठा बढ्ने एव‌ धार्मिक यात्रा हुनेछ । वैदेशिक कामबाट फाइदा मिल्नाले नयाँ योजना बन्नेछ । राजनीतिक पहुँच बढ्ने तथा नोकरी रोजगारीका अवसर देखा पर्नेछन् । अरुको साथ मिल्नाले काम छिटो बन्नेछ ।

मिथुन– पारिवारिक भेटघाटको योग बन्नेछ । व्यवसायिक यात्रा हुने तथा प्रेम प्रसंगमा सुधार आउनेछ । दाम्पत्य जीवनमा आपसी सद्भाव बढ्ने तथा साझेदारी लगानीमा आम्दानी राम्रो हुनेछ । साताको मध्यमा भने सामान्य वादविवाद एवम अपजसको समस्या आउनेछ । साताको अन्त्यमा भने नयाँ कामको थालनी एव‌ ठूलाबडाबाट आर्थिक सहयोग मिल्नेछ ।

कर्कट– खेलकुद एव‌ मनोरञ्जनमा सहभागिता जनाइनेछ । कामको भार बढ्ने तथा जिम्मेवारी थपिनाले व्यक्तिगत काममा बाधा पुग्नेछ । प्रेमी प्रेमिकाबीच माया,प्रेम बढ्ने तथा इष्टमित्रबाट सहयोग मिल्नेछ । सवारी सुख मिल्ने तथा यात्राको मज्जा पाइनेछ । साताको अन्त्यमा भने काममा रोकावट हुनाले तनाव बढ्नेछ ।

सिंह– अध्ययनमा राम्रो प्रगति देखिन्छ । व्यापार व्यवसाय फस्टाउनाले आर्थिक गर्जो टर्नेछ । सन्तानबाट सहयोग मिल्नाले घरायसी काममा सहजता आउनेछ । नयाँ व्यवसायमा लगानी एव‌ साथी भाइको सहयोग मिल्नेछ । ससुराल पक्षबाट सहयोग मिल्नाले काममा सन्तुष्टि मिल्नेछ । वैवाहिक जीवनमा खुशियाली बढ्ने तथा भेटघाटमा दिन बित्नेछ ।

कन्या – पारिवारिक समस्या बल्झिनेछ । मानसिक अशान्ति बढ्नाले कामको बोझ थपिनेछ । सरसल्लाह एवम काममा व्यवधान आउनेछ । साताको मध्यमा भने धनसम्पति आर्जन हुने तथा आर्थिक सहयोग मिल्नेछ । कला संगीत एव‌ अध्ययनमा प्रगति देखिन्छ । आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने तथा सामान्य चोटपटकको भय भने अन्तिममा रहनेछ ।

तुला– साथीभाइबाट भरपुर सहयोग मिल्नेछ । दाजुभाइको मेलमिलाप बढ्नाले काममा सुचारुता हुनेछ । छोटो यात्रा गर्नुपर्ने तथा जिम्मेवारीले व्यस्तता बढ्नेछ । परिवारमा कुरा नमिल्नाले घरबाहिरका कामममा प्रगति हुनेछ । सन्तानबाट भने सहयोग मिल्ने तथा सम्पतिको कारोबारमा प्रगति देखिन्छ ।

वृश्चिक– बोली बचनले मित्रता बढ्नेछ । इष्टमित्र एव‌ छरछिमेकको सहयोगमा अधुरा काम बन्नेछन् । भोजभतेरमा सहभागिता एव‌ साथीभाइसँग रमाइलो गरिनेछ । यात्रामा सामान्य झन्झट एवम काममा बोझ थपिनाले निजी काममा व्यावधान आउनेछ । साताको अन्त्यमा भने सामान्य मनमुटाव एव‌ स्त्रीसँग वादविवादको अवस्था देखिन्छ ।

धनु– नयाँ योजना बन्नाले तनाव कम हुनेछ । भ्रमणको योग रहेको तथा साथी भाइसँग खर्च बढ्नेछ । प्रिय मित्र एव‌ साथीभाइसँगको भेटघाटले मानसिक अशान्ति हट्नेछ । धन सम्पति जोर जम्मा हुने तथा अध्ययनको क्षेत्रमा सन्तोष मिल्नेछ । साताको अन्त्यमा भने काममा उत्साह बढ्ने एव‌‌ मनमा प्रशन्नता बढ्नाले काम छिटो बन्नेछ । दाजुभाइको सरसहयोगले वैदेशिक काममा सहायता मिल्नेछ ।

मकर– अनावश्यक झमेला आउनेछ । बढी खर्च हुनाले पारिवारिक कलह बढ्नेछ । स्वास्थ्यमा समस्या देखिनाले योजनामा भाँजो आउने । साताको मध्यमा भने काममा सन्तुष्टि मिल्ने तथा नयाँ कामको योजना बन्नेछ । परिवारमा मेलमिलाप हुने तथा आर्थिक सहयोग पाइनेछ । बोली बचनले प्रभाव पर्ने तथा आर्थिक कारेबार बढ्नेछ ।

कुम्भ– नयाँ कामको शुरुवात हुनेछ । व्यवसायमा कारोबार बढ्नेछ । कृषि एवं पशु चौपायबाट राम्रो आम्दनी हुनेछ । साताको मध्यमा भने खर्चले तनाव दिने तथा सामान्य क्षति हुनेछ । स्वास्थ्यमा समस्या आउनाले योजना ढिलो हुनेछ । साताको अन्त्यमा भने प्रशन्नता बढ्ने एवम सामाजिक प्रतिष्ठा कायम रहनेछ । व्यक्तिगत काममा खर्च बढ्नाले पारिवारिक द्वन्द बढ्नेछ ।

मीन– कला, साहित्यमा प्रगति देखिन्छ । महिलाद्वारा सहयोग मिल्ने तथा आँटेको काममा फाइदा हुनेछ । व्यापार व्यवसायमा सन्तोष मिल्ने तथा राम्रै आम्दानी हुनेछ । आफन्तको सहयोगले आर्थिक भार कम हुनेछ । साताको अन्त्यमा भने यात्रामा बढी खर्च हुने एवम सामान्य चोटपटकको भए देखिन्छ । सरसामान हराउन सक्ने तथा काममा क्षति हुनेछ ।

प्रकाशित मिति: ३० असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्