पश्चिमी-पूर्वी र मध्य क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा हुने


 


काठमाडौं । विगत केही दिन यता देशका विभिन्न स्थानमा अबिरल वर्षाको क्रम चालु रहेको छ । वर्षाकै कारण देशका विभिन्न ठाँउमा बाढी, पहिरो एवं डुबानको समस्या देखिएको छ । त्यसैबीच अझैँ देशका अधिंकास स्थानमा केही भारी एवं मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसु्न न्यून चापिय रेखा नेपालको तराई भू-भागमा भन्दा केहि तल रहेका कारण मनसुनि गतिविधि देशभर कम सक्रिय भएको अअवस्थामा रहेको महाशाखाले जनाएको छ । हाल देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदलिको अवस्थामा छ। पश्चिमी भूभागका, मध्य भू-भागका तथा पूर्वी भू-भागका केहि स्थानहरुमा मनसूनी वर्ष भइरहेको छ । जसका कारण हुन सक्ने जोखिमबाट सावधानी अपनाउन समेत महाशाखाको आग्रह छ ।

 

प्रकाशित मिति: ३१ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्