घुस खाने मन्त्री, जेल जाने भिसी


 


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षयता सक्रियता बढाएको छ । आयोगको सक्रियता बढे पनि देशमा भ्रष्टाचार कम हुनसकेको छैन । सरकार नै नीतिगत भ्रष्टाचारमा मुछिएको समाचार बाहिर आएको छ ।

रौनियार कसरी भ्रष्टाचारमा लिप्त भए भन्ने कुरा उनको नियुक्तिबाट हेर्नुपर्छ । प्रचण्ड प्रधानमन्त्री तथा गगन थापा स्वास्थ्य मन्त्री भएको बेलामा उनी उपकुलपतिमा नियुक्त भएका थिए । भ्रष्टाचारको दलदलमा फसेको प्रतिष्ठानलाई गगनले राम्रा मान्छे नियुक्ति गरेर सुधार गर्ने अपेक्षा धेरैले गरेका थिए । तर, सत्तामा पुगेपछि पैसाबाहेक सबै बिर्सन्छन् भन्ने मान्यता गगनको हकमा समेत लागू भयो ।

किनकि आयोगको अनुसन्धान कर्मचारीमाथि मात्र छ, राजनीतिक नेतृत्वलाई छुन सकेको छैन । भ्रष्टाचारको मुल जड रहेको राजनीतिक नेतृत्वमाथि कारबाही हुन नसक्दा भ्रष्टाचार झन् भयावह हुँदै गएको छ । राजनीतिक नेतृत्वलाई कमिसनबिना केही काम नै नगर्ने लत लागिसकेको छ ।

राजनीतिक नेतृत्वले देशमा कसरी भ्रष्टाचार गर्छन् र त्यसको असर तल्लो तहसम्म पर्छ भन्ने कुरा वीपी कोइराला स्वास्थ्य विज्ञान अध्ययन प्रतिष्ठानको अनियमितताबाट थाहा हुन्छ । जहाँका उपकुलपति नै गत बिहीबार घुससहित रंगतेहात पक्राउ परे । भवन निर्माणको भुक्तानीका लागि उपकुलपति राजकुमार(आरके) रौनियारले ठेकदारसँग आठ लाख रुपैयाँ घुस लिएका थिए । घुससहित आयोगको टोलीले उनलाई कार्यकक्षमै रंगेहात पक्राउ गरेको हो ।

नियुक्ति भएको केही महिनादेखि नै रौनियारमाथि अनियमितताको आरोप लागेको थियो । सोही आरोपमा सरकारले केही महिनाअघि उनलाई हटाउने निर्णय समेत ग¥यो । तर, सर्वाेच्चको आदेशमा उनी पुनर्बहाली भए ।

रौनियार कसरी भ्रष्टाचारमा लिप्त भए भन्ने कुरा उनको नियुक्तिबाट हेर्नुपर्छ । प्रचण्ड प्रधानमन्त्री तथा गगन थापा स्वास्थ्य मन्त्री भएको बेलामा उनी उपकुलपतिमा नियुक्त भएका थिए । भ्रष्टाचारको दलदलमा फसेको प्रतिष्ठानलाई गगनले राम्रा मान्छे नियुक्ति गरेर सुधार गर्ने अपेक्षा धेरैले गरेका थिए । तर, सत्तामा पुगेपछि पैसाबाहेक सबै बिर्सन्छन् भन्ने मान्यता गगनको हकमा समेत लागू भयो ।

प्रतिष्ठानमा नियुक्तिका लागि डा.रामेश कोइराला लगायत व्यक्तिहरुले इच्छा व्यक्त गरेका थिए । डा. कोइराला त्यतिबेला गगनका सल्लाहकार टिममा बसेर काम गरेका व्यक्ति थिए । तर पैसा बुझाएर नियुक्त हुने पक्षमा उनी थिएनन् । उता रौनियारले पैसा अफर गरेका थिए । यस्तो अवस्थामा गगनले पैसालाई नै प्राथमिकता दिएर रौनियारलाई नियुक्त गरे । नियुक्तिमा आफूले ६ करोड रुपैयाँ खर्च गरेको रौनियारले आफ्ना निकटस्थलाई बताउने गरेका छन् । त्यसमध्ये झन्डै आधा रकम गगनलाई मन्त्री बनाउने कृष्णप्रसाद सिटौलाले लिएका थिए । चुनावको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले रौनियारसँग खर्च मागेपछि सिटौला र थापाले ६ करोड लिएको तथ्य बाहिरिएको थियो ।

यसरी मोटो रकम बुझाएर नियुक्त भएपछि रौनियार सुरुदेखि नै कमाउने धन्दामा लागेका हुन् । रौनियारको नियुक्तिपछि पूर्वकै सान रहेको वीपी प्रतिष्ठान लुटी खाने अखडा बन्यो । करोडौंका मेडिकल सामानको खरिदमा सेटिङ हुन थाल्यो । ठेक्का दिने कम्पनीको प्रोडक्टसँग मिल्ने स्पेसिफिकेसन बनाएर टेण्डर गर्ने र वास्तविक मूल्य भन्दा दोब्बरमा खरिद गरेर कमिसन खाने गरिएको छ । जसकारण प्रतिष्ठानमा बेथिति बढ्यो, जसबाट हजारौं बिद्यार्थी र बिरामीको जीवनमा समेत असर ग¥यो । यदि गगनले त्यतिबेला राम्रो व्यक्ति नियुक्ति गरेको भए प्रतिष्ठानमा पुग्ने हजारौं सर्वसाधारणले पक्कै केही राहत पाउने थिए ।

गगनले त्यसैगरी आर्थिक चलखेलका आधारमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा विश्वराज काफ्लेलाई नियुक्त गरेका थिए । काफ्ले पनि त्यसैगरी लुट धन्दामा लागेका छन् ।

देशका हरेक जसो नियुक्तिमा यसैगरी आर्थिक लेनदेन हुने गरेको छ । जसमध्ये केही कर्मचारीहरु भ्रष्टाचार मुद्दामा परे पनि राजनीतिक नेतृत्वमाथि अख्तियारले समेत छुन नसक्दा यस्तो प्रवृत्ति झन् बढ्दै गएको छ । दृष्टि न्युजबाट साभार

प्रकाशित मिति: ३१ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्