विश्वकप फुटबल छनोटमा नेपाल कठिन समूहमा


 


काठमाडौं, साउन १

कतारको दोहामा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोट अन्तरगत नेपाल कठिन समूहमा परेको छ । एसियन फुटबल फेडेरेसन एएफसीले मलेसियामा आज सार्वजनिक गरेको ड्र को समूह बीमा नेपालसँगै कुवेत, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन् ।

नेपालले फिफा बरियतामा एसियाका शीर्ष ४० मा परेर विश्वकप छनोटको दोस्रो चरण खेल्न पाएको हो । एसियाका ४० देशलाई आठ समूहमा विभाजन गरिएको छ । सन् २०२२ मा हुने विश्वकप फुटलबमा आठ समूहका विजेता र ४ उत्कृष्ट उपविजेतागरी १२ टोलीले विश्वकप छनोटको अन्तिम चरणमा प्रतिस्र्धा गर्न पाउने छन् ।

प्रकाशित मिति: १ श्रावण २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्