इन्दिरा भट्टराईले ल्याईन् तिज गीत ‘नाचौ मितिनी’ (भिडियो सहित)


 


काठमाडौं । गायिका इन्दिरा भट्टराईको स्वरमा चर्चित मोडल सम्झना बुढाथोकीको निर्देशन रहेको तिज गीत ‘नाचौ मितिनी’को भिडियो सार्वजनिक भएको छ ।

बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द रचना तथा लोकप्रिय संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको गीतको भिडियो आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

सार्वजनिक भिडियोमा सम्झना बुढाथोकी, नितु कोईराला, सदिक्षा रावत र आरोही भट्टराईले अभिनय रहेको छ । राजु केसीको छायाँकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् ।

 

प्रकाशित मिति: २ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्