आजदेखि देशभरका जग्गाको भाउ बढ्यो


 


काठमाण्डौँ, साउन ३

सरकारले साउन १ गतेदेखि लागु हुनेगरी देशभरका जग्गाको न्युनतम मुल्यांकन परिवर्तन गरेको छ । नयाँ मुल्यांकन अनुसार उपत्यकामा जग्गाको मूल्य ५ देखि २० प्रतिशत सम्म बढेको छ ।

नयाँ मुल्यांकन अनुसार बल्खु देखि बनस्थली समा चक्रपथसंग जोडिएका जग्गाको सरकारी मूल्य प्रतिआना ३५ लाख तोकिएको छ । रविभवन, टेकु, कालिमाटीमा रहेका जग्गाको भए १८ देखि ३३ लाख निर्धारण गरिएको छ ।

त्यसैगरी भुमि व्यवस्थापन विभागले घरजग्गा व्यवशायमा आवद्ध व्यक्ति तथा कम्पनीबाट जग्गा वा भवनको बिक्रि मुल्यमा थैली अंकको १ दशमलव ५ प्रतिशत पुँजीगत लाभ कर अग्रिम रुपमा उठाउन समेत निर्देशन दिएको समाचार आजको अभियान दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्