मोहन बस्नेतले भने – म माथि नेकपाका नेताले षड्यन्त्र गरे


 


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले आफुलाई बद्नाम गर्न नेकपाका नेताहरु नै लागि परेको आरोप लगाएका छन् । बस्नेतले स्रोत नखुलेको ६१ करोड रुपैयाँ प्रणामी बचत तथा सहकारी संस्थामा राखेको समाचार आएपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले सो सहकारीमा आफ्नो तथा आफ्नो परिवारका कसैको पनि खाता समेत नभएको भन्दै सहकारीले समेत त्यसवारे प्रस्ट्याई सकेको दावी गरेका छन् । ‘मलाई राजनीतिक र सामाजिक दुवै हिसावले बदनाम गर्ने नियतले यस किसिमको तथ्यहिन कपोकल्पित कुरा बाहिर ल्याएएको हो ।

यसरी बदनाम गर्न सत्तासिन नेपाल कम्युनिष्ट पार्टीका नेकपाका व्यक्तिहरुकै संलग्नता देखिन्छ’ बस्नेतले पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनेका छन् । उनले मिडिया काउन्सिल विधेयक स्वतन्त्र मिडियाको पक्षमा नभएकाले विरोध गर्दै आएको र त्यसमा सत्तारुढ दलका नेताहरुलाई पाच्य नभएपछि आफुविरुद्ध षड्यन्त्र रचिएको बस्नेतको भनाई छ ।

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्